Latest Updates :

बल्ल भयो प्रदाफास : मनमोहन हस्पिटलले किड्नी निकालेकै हो त ? अप्रेसन गर्ने डाक्टर र पिडित संग पुगेर तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस सत्यतथ्य यस्तो छ

SHARE THIS POST :
रुपनी जि.एम,काठमाण्डौ २५ अषाढ । शिव प्रसाद रिमालको मृगौला प्रकरणमा आएको विषयमा मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले यस विषयलाई बिरामी, बिरामीका आफन्त र केही सञ्चार माध्यमहरुले अनावश्यक रुपमा राजनीतिक मुद्या बनाएको आरोप लगाएको छ ।

बिरामीहरुको पहिलो चरणको माग अनुरुप हस्पिटलले केही संवेदनशीलता अपनाएर ती मागलाई बिरामी र आफ्न्तिकै सहमतिमा स्विकार गरि सक्दा पनि पछि फेरी त्यो भन्दा केही फरक मागलाई उठाउनु निकै नै राजनीतिक घुसपैठ गर्न खोजेको भन्ने आरोप अस्पतालले लगाएको छ ।

अस्पताल निर्देशक
लाईट नेपालसंगको कुराकानीमा हस्पिटलका निर्देशक धर्मदत्त सुवेदीले पछिल्लो समयमा सञ्चार माध्यममा आएको विषयलाई लिएर हस्पिटललाई बदनाम गर्न खोजेको भन्दै आफुहरु चर्चामा आउनका लागि अनावश्यक रुपमा राजनीति गर्ने केहीले यसलाई राजनीति विषय बनाउन खोजेको बताउँदै यस विषयमा उनले आपत्ति जनाए । “डक्टरले जब बिरामी चेक जाँच गर्न शुरु गर्छ तब न जात सोध्छ नत धर्म नै । त्यसैले अस्पताल जस्तो पवित्र क्षेत्रलाई राजनीति बनाउन खोज्नुमा पुरै अस्पताल टिमले नै यसको भत्सर्ना गर्दछ ।” उनले भने ।

निर्देशक सुवेदीले भने,–“कुनै पनि प्रकृतिको बिरामीलाई सामान्य चेक जाँचका लागि पनि आवश्यक सबै प्रकृया अपनाएर उपचार गर्नु पर्ने हन्छ भने शिव जीको अवस्था त निकै नै संवेदशिलन अवस्था थियो हस्पिटलले कसरी परिवार र बिरामीको सल्लाह नलिएर उनीहरुको सहमती बिना अप्रेसन जस्तो ठुलो कुरा आफ्नै मनोमानी ढङ्गले गर्न सक्छ ? यो हुँदैन नहुने कुरा हो ।”

सबै कुरा पहिलो चणको वार्तामै टुङ्ग्याई सकेको अवस्थामा पुन अर्काे माग सहित अस्पताललाई घेराउ गरेर डक्टर र अस्पतालको रेपोटेसन बिगार्ने मनोसायमा लागेको बताउँदै निर्देशक सुवेदीले भने,–“बिरामीको पक्षबाट दोश्रो चरणमा राखिएको ५० लाख र बच्चाहरुको निशुल्क शिक्षाको जुन माग छ यो माग बिरामीको भन्दा पनि अरुको व्यक्तिको माग हो । र यसलाई हस्पिटलले कुनै पनि हालतमा स्विाकार्न सक्दैन । किनभने स्विकार्नु पर्ने हस्पिटलको तर्फबाट कुनै त्यस्तो लापरबाही भएकै छैन ।”

अस्पताल श्रोत
अस्पताल श्रोतले दिएको जानकारी अनुसार शिव प्रसादको विषयलार्य राजनीतिक मुद्या बनाईउनुमा नुवाकोट जिल्लाको बेलकोट गढी र बिदुर नगरपालिकाका ध्रुव अधिकारी र आलोक नेपालको भुमिका रहेको बताएको छ । अधिकारी र नेपाल नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको चुनावमा मेयरमा हार बेहोरेका नेता हुन् ।

नाम नभन्ने सर्तमा अस्पतालमै कार्यरत एकजना कर्मचारिले भने–“यस अस्पतालको अध्यक्ष एमालेका पुर्व स्थानीय विकास मन्त्री एवं एमाले सांसद राजेन्द्र पाण्डे भएकाले अधिकारी र नेपालले यो विषयलाई राजनीतिक विषय बनाएका हुन् । जस्को शिकार शिव र उनको परिवार बनिरहेका छन् । यो कुरा बिरामी र उनका आफन्तले बुझ्न जरुरी छ ।”

नुवाकोट बिदुर नगरपालिका १२ का ३२ वर्षिय शिव प्रसाद रिमालको यही जेष्ठ २२ गते चिकित्सक प्राध्यपक गुण कुमार श्रेष्ठले पत्थरीको अप्रेसन गरेका थिए । रिमालको मृगौलासंगै पत्थरी जोडिएकोले र मृगौल असामान्य भएको हुँदा मृगौला पनि निकाल्नु पर्ने भएको हुनाले मृगौला निकालिएको श्रेष्ठले बताए ।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger