Latest Updates :

हिजोआज रेखा थापा पुजाआजामा धेरै समय बिताउँछिन् , गुरु पूर्णिमामा बटुक भैरव मन्दिरको गरिन् दर्शन

SHARE THIS POST :
काठमाडौं । कलाकर्मीले सोमबार गुरुपूर्णिमा मनाएका छन् । कलाकारितामा आफूलाई साथ दिने, कलाकारिता सिकाउने तथा करिअर अघि बढाउन सहयोग गर्ने गुरुहरूलाई पुजेर कलाकारले गुरुपूर्णिमा ‘सेलिब्रेट’ गरेका हुन् ।

अभिनेता गजित विष्टले ठूलो पर्दाको फिल्ममा आफूलाई हिरो बनाएका निर्देशक दिनेश डिसी र सञ्चारकर्म तथा फिल्ममा पनि सल्लाहकारको रूपमा रहेका शान्तिप्रियलाई गुरुका रूपमा पुजे । गजितलाई डिसीले ‘मायाज् बार’ फिल्ममा हिरोको रूपमा डेब्यु गराएका थिए । त्यसैगरी, शान्तिप्रियले उनलाई सधैँ अभिभावकका रूपमा सहयोग गर्ने गरेका छन् । ‘गुरुहरूलाई भेटेर पुजेँ, मिठाइ खुवाएँ,’ गजितले भने,‘उहाँहरूबाट आशीर्वाद लिएँ ।’


अभिनेत्री रजनी केसीले यसपालिको गुरुपूर्णिमा एपी वान टिभीको कमेडी सो टेन टु फाइभको सुटिङ सेटमा मनाइन् । उनले कलाकारितामा आफूलाई सधैँ साथ दिँदै आइरहेका निर्देशक, कलाकार निर्मल शर्मा ‘गैँडा’ लाई गुरुका रूपमा पूजा गर्दै सरप्राइज केक काटेकी थिइन् । उनको गुरुपूर्णिमा ‘सेलिब्रेसन’ फेसबुक लाइभ पनि गरिएको थियो ।

अभिनेत्री रेखा थापाले भने बटुक भैरव मन्दिरको दर्शन गरेर गुरुपूर्णिमा मनाइन् । त्यसैगरी, अभिनेता आभास अधिकारीले अभिनयका गुरु सुनील पोखरेललाई पुजे भने आशान्त शर्मा, भीमा मैनाली, काली सेढाईंलगायतका कलाकारले परिवर्तन नेपालका संस्थापक मोहन निरौलाका साथ गुरुपूर्णिमा मनाएका छन् । अधिकांश कलाकारले फेसुबक स्टाटसमा आफ्ना गुरुहरूलाई सम्झिएका छन् । केहीले भने बाबुआमा र समय नै आफ्नो खास गुरु भएको भन्दै शुभकामना व्यक्त गरेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger