Latest Updates :

अमिताब बच्चन यी गल्तीका कारण पछुताईरहेका छन

SHARE THIS POST :
मुम्बई । बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् ।
उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले गरेको निर्णयलाई दिन्छन् ।
सन् २००० पश्चात उनका दिनहरु निकै कष्ठकर चलेका थिए ।

उनी यति ऋणमा डुबेका थिए कि उनी जस्तो फिल्म पाए नी खेल्न तयार रहेका थिए । तर, उनको भाग्य एक्सासी स्टार प्लसको सो ‘कौन बनेगा करोडपति’ कार्यक्रम पश्चात चम्कियो । आउनुहोस् हेरौ महानायक अमिताभ बच्चनका ७ ठुला गल्तीहरु

१. निशब्द
सन् २००७ मा आएको फिल्म ‘निशब्द’ मा अमिताभ बच्चन र जिया खानको रोमान्स प्रस्तुत गरियो । यो फिल्मले अमिताभको करिअरलाई नै ठुलो धक्का हान्यो । दर्शकहरुले यस फिल्मलाई रचाएनन् । गलत अर्थको शिकार अमिताभ बच्चन भए । दर्शकहरुले अमिताभलाई प्रश्न गर्दै उनले यस्तो फिल्म कसरी खेल्न सक्छन् भनेका थिए ।

२. राजनीति
सन् १९८४ मा उनले राजनीतिमा कदम राखे । तर, राजनीतिमा छिरेको केही समय नहुँदै उनलाई किनारा लगाइयो । उनले एक अन्तर्वार्तामा भनेका थिए,‘भावनाको सम्बन्ध गाँसेर राजनीति गर्छु भन्ने सोचेको थिए तर राजनीतिको असली यथार्थ अर्कै रहेछ ।’

३. अजुबा
फिल्म ‘वन थाउजेन वन नाइट’ को रिमेक रहेको फिल्म ‘अजुबा’ मा अमिताब बच्चनको करिअरकै सबैभन्दा फ्लप फिल्म साबित भयो । यो फिल्ममा उनको अभिनयलाई कसैले रुचाएनन् । यस फिल्ममा उनको अभिनयलाई लिएर प्रश्न खडा भएका थिए ।

४. ए.बी.सी एल.
अभिनय क्षेत्रमा फ्लप भएपछि उनी फिल्म निर्माण क्षेत्रमा हात हाले । उनले ए.बी.सी एल कम्पनी खोल्दै फिल्म निर्माण गर्ने काम गरे । तर, फिल्म जति सबै फ्लप भए । फ्लप फिल्महरुको संख्या धेरै हुँदै थिए भने अर्कोतर्फ उनलाई ऋणको भारीले थिच्न थालेको थियो । अवस्था यस्तो सम्म आयो कि उनी विभिन्न फिल्म निर्माताहरुसँग आफुलाई फिल्ममा लिन भन्दै आग्रह गर्न थालेका थिए । यस चोपडाको फिल्म ‘मोहोबते’ र टीबी सो कौन बनेगा करोडपतिले उनलाई बलिउडमा टिकाउन ठुलो मदत गर्यो ।

५. बुम
सन् २००३ मा आएको फिल्म ‘बुम’ सायद अमिताभ बच्चनको करिअरको सबैभन्दा ठुलो गल्ती थियो । यो परम्परागत फिल्मभन्दा भिन्न खाले थियो । यस फिल्मबाट कट्रिना कैफले बलिउड क्षेत्रमा प्रबेश गरेकी थिइन् । यो फिल्म कसैलाई मन परेन ।

६. मिडियासँग लडाइ गर्न उनी कहिल्यै पछि परेनन्
सन् १९७५ मा अमिताभ बच्चनको मिडियासँग ठुलो लडाइ परेको थियो । यो लडाई करिब १५ वर्षसम्म चल्यो । फिल्म म्यागाजिन ‘स्टारडस्ट’ ले अमिताभलाई लिएर विभिन्न आर्टिकल छापेको थियो । जसका कारण उनी मिडियासँग निकै रिसाएका थिए । अमिताभले म्यागाजिन बन्द समेत गराउने प्रयास गरेका थिए । यसका कारण धेरै मिडिया उनीसँग रिसाएका थिए । त्यसपश्चात उनलाई मिडियाले कभर गर्न नै छोडिदिए ।

७. राजनीतिमा लागे तर राजनीति नै बुझेनन्
सबैलाई थाहा भएकै कुरा हो अमिताभ बच्चन र भारतीय राजनीतिको कुनै समय गहिरो सम्बन्ध रहेको थियो । तर, राजनीतिमा लागे पनि उनले राजनीति बुझ्न भने सकेनन् । यसका कारण पनि उनको करिअर राजनीतिमा जम्न सकेन । उता फिल्मी करिअर पनि धरापमा परिसकेको थियो । समाजवादी पार्टीमा लागेका उनलाई अमर सिंहको सम्बन्धले राजनीतिबाट पर पुर्याइदियो । अब भने उनी राजनीति देखि धेरै पर रहेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger