Latest Updates :

सुनिल र स्यारोनबीच सहमति, ‘सेक्स स्क्याण्डल’ सेलायो, न्याय पाए निर्माताले

SHARE THIS POST :
‘सायद २’का निर्माता एवम् फिल्म मेकर सुनिल रावललाई नवनायिका स्यारोन श्रेष्ठले लगाएको ‘यौन उत्पीडन’को आरोपबाट न्याय पाएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलगायत सम्बन्धित पक्षबीच सोमबार भएको छलफलमा व्यक्तिगत जीवनमा कुनै पनि लाञ्छना लाग्ने गरी अभिव्यक्ति नदिने सहमति भएको हो ।

 चलचित्र ‘सायद २’का निर्माता तथा नेपाल चलचित्र निर्माता संघका सदस्य सुनिल रावललाई सोही फिल्मकी डेब्यु नायिका स्यारोन श्रेष्ठले आफूलाई फिल्म शूटिङका बेला ‘सेक्स प्रस्ताव’ राखेको विवादास्पद अभिव्यक्ति मिडियामा दिएकी थिइन् ।

 त्यसपछि सो विषयले फिल्मीबजार एकाएक तातिएको थियो । ‘स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल उपर लगाएको यौन उत्पीडनको लाञ्छना सम्बन्धमा दुवै पक्षको पारिवारिक सदस्यहरूको उपस्थिति, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर वोगटी लगायत सम्बन्धित पक्ष र चलचित्रकर्मीहरूको समुपस्थितिमा दुवै पक्षबीच उत्पन्न असमझदारी र आरोप, टिकाटिप्पणीहरू अन्त्य गर्ने सहमति भएको छ’, निर्माता संघको फेसबुक पेजमा राखिएको प्रेस नोटमा भनिएको छ ।

 ‘आगामी दिनमा दुवै पक्षबाट (सुनिल रावल र स्योरन श्रेष्ठ) एक अर्काको व्यक्तिगत र व्यवसायिक जीवनलाई लिएर दुवै जनाको मानमर्दनमा आचआउने खालको अभिव्यक्ति नदिने र नगर्ने सहमति भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ’, प्रेस नोटमा उल्लेख छ ।

 नवनायिका स्यारोन श्रेष्ठ ‘सायद २’ फिल्म हलहरूबाट उत्रिदैँ गर्दा निर्माता सुनिल श्रेष्ठले आफूलाई फिल्म छायाँकनका बेला सेक्स प्रस्ताव राखेको भनेर गम्भीर आरोप लगाएकी थिइन् । स्यारोनले आफूलाई परेको पीडा न्यायिक निकायमा उजुरी दिनुको साटो मिडियामा गएर अभिव्यक्ति दिएपछि उनको कडा आलोचना भएको थियो । स्यारोनले कसैको उक्साहटमा निर्माता सुनिल रावललाई सेक्स प्रस्तावको आरोप लगाएको हुन सक्ने अनुमान नेपाली फिल्मबजारमा हुन थालेको छ ।

सोमबार भएको सहमतिसँगै यो स्क्याण्डल फेरि पनि त्यसै सेलाएर गएको छ । स्यारोनको यो आरोपले निर्माता सुनिल रावलको जीवनमा धक्का त लागेकै छ । तर, सुनिललाई भन्दा पनि ठूलो धक्का स्यारोनलाई पर्ने देखिन फिल्मकर्मीहरूको भनाइ छ । सोमबारको छलफलमा सहभागी एक सदस्यले भने, ‘स्यारोनले लगाएको आरोप पुष्टि हुने खालको थिएन ।

उनलाई सेक्स प्रस्ताव आएको थियो भने त्यसै बेला फिल्म छाडेर न्यायिक निकायमा गएर उजुरी दिएको भए हुन्थ्यो । अहिले आएर फिल्म फ्लप भएपछि यो आरोप लगाउनुको कुनै तुक छैन ।’ ती सदस्यले भने, ‘बरु सुनिल रावलले आफूलाई लागेको यो आरोप विरुद्ध मानहानीको मुद्दा स्यारोनमाथि चलाउनु पर्छ ।’

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger