Latest Updates :

~गलत सँगतले निम्त्याएको दुखद मृत्यू!गण्डकीमा सुनिलको चिता घडि दिनको १२ बजेको नेराघेरामा थियो । शनिबार, कालिगण्डकीको किनारमा एउटा चिता जलिरहेको थियो । खोला माथिको बरपिपलको रुखमा एक झुण्ड मान्छेहरु जलिरहेको चिता हेरेर रोइरहेका थिए ।पुरा हेर्न तलको फोटोमा थिच्नुहोस,,

SHARE THIS POST :

गण्डकीमा सुनिलको चिता
घडि दिनको १२ बजेको नेराघेरामा थियो । शनिबार, कालिगण्डकीको किनारमा एउटा चिता जलिरहेको थियो । खोला माथिको बरपिपलको रुखमा एक झुण्ड मान्छेहरु जलिरहेको चिता हेरेर रोइरहेका थिए । केहि आफन्त प्रहरीलाइ सराप हालिरहेका थिए र केहि मान्छेहरु लागु औषध र युवाहरुको विषयमा चिन्ता व्यक्त गरिरहेका थिए । ओसारको हिलो र मैलो लिएर बगिरहेको कालीगण्डकी र कलिलो उमेरको युवा गुमाउदा पिडा बोकेर बगिरहेका आसू कैयौ फरक थियो । किनारमा जलिरहेका चिता सँग धेरैका समवेदना थियो । साथीहरुको स्नेह र सँझना जलेको थियो त्यति बेला । उमेरले १७ बसन्त पनि पार नगरेको भर्खर फक्रन लागेको एउटा सँभावना को चिता जल्दै थियो । त्यो चिता थियो सुनिल पुनको । उनीसँगै एउटा कलिलो जिवनको दुखद अन्त्य थियो ।
मृतक सुनिल पुन

कालीगण्डकी नदिमा बेपत्ता भइ आठ दिन भेटिएका सुनिलको दाह सस्कार गरिदै रहेछ । सुनिल पुनको मृत्यूमा प्रहरी दोसी भएको भन्दै क्षतिपुर्ती र दोषीमाथी कारबाहिको माग गर्दै आन्दोलनको कार्यक्रम पनि भए । प्रहरी विरुद्द मुद्धा दर्ता गर्ने सहमति जनाएपछि मृतकका आफन्तले सुनिलको शब बुझन तयार भएका रहेछन । यदि यसमा प्रहरी दोषी छ भने छानविन हुनुपर्छ र उसलाइ नागरिक प्रति जवाफदेही बनाउनुपर्छ । सृधार्ने हो कसैले पनि मान्छे मार्ने होइन ।

आगोमा एउटा होनाहार युवाको पार्थिक शरिर जलिरहदा मेरो मन भने यो समाजका कलिला युवाहरुको दुर्दशा सम्झेर जलिरहेको थियो । कोहि युवा खाडिमा घर परिवार पाल्न ५५ डिग्रीको मरुभुमिका काम गरिरहेका छन । कोहि लागुऔषध र दुव्र्यसनीका कारण जलिरहेका छन । सुनिलका बाबा आमा छोराको स्नेह र समर्पण त्याग र भोलिको बुढेसकालको साहारा जलाउदै थिए । यो देशको एउटा कर्णदारलाइ जल्दै थियो । चिता जल्नु र चिन्ता मा जल्नु फरक छ तर चिन्ता र चिताको सम्बन्ध प्रगाढ छ ।

चिता अन्तिम सत्य हो । यसलाइ कसैले टारेर पनि टार्दैन। तर नफुल्दै झर्ने यो अवस्था र यस्तो नियतिको हामी साक्षी बन्नु परेको छ । यस्ता कैयौ घटनाहरुको हामी मृुखदर्शक बन्नु परेको छ ।। कलिलो उमेर मै आफूसँग भएको एउटा छोरा यसरी मृत्यूवरण गर्दा उनका बा आमाको आधा सँसार ढलेको छ । चिता हेरेर हामीले केहि थोपा आसु झार्यौ तर हामी सधै आसु मात्र झारेर यस्ता समस्यालाइ थापि राख्ने कि समाधानको बाटोमा पनि जाने भन्ने प्रमुख कुरा हो ।
लेखकःसज्जन कुमार सिंह

प्रश्न सुनिल मर्नुको मात्र होइन प्रश्न त हाम्रो सपना मर्नुको हो । मान्छेहरु जन्मन्छन मर्छन । यसमा कुनै ठृलो कुरा होइन । मान्छेहरु हास्छन र रुन्छन यो पनि ठुलो कुरा होइन । ठुलो कुरा त यो हो मान्छे के कारणले रुदै छ र मान्छे के कारणले हास्दै छ । नुहाउन भनि ट्याक्सि लिएर गएका सुनिललाइ प्रहरीले खानतलासी गर्यौ रे, उनीहरु सवार ट्याक्सिमा लागुऔषध प्रयोगका सामान ) भेटिए र उनी भागेर गण्डकीमा हाम फाले रे । फेरी पौडिएर निस्किन खोजेरे । फेरी म्यादी प्रहरीले पिछा गर्दै ढुँगा ले हानेरे यीनै भनाइहरु बाहिरा आए । कारण जे भए पनि यो वा त्यो रुपमा यस अघि यो समृुह स्वँयम सुनिल पनि लागु औषधमा जोडिएको भन्ने कुरा आयो । उनी जोडिए सिके वा अम्मली बने यसमा उनको दोष त रह्यौ नै । त्यो भन्दा बढि यो समाज र हाम्रो पनि दोष छ । सोधपुछ गर्दै गर्दां कुनै गल्ति नभए उनी भाग्न पर्ने थिएन तर कसैलाइ धम्काएर लखटेर ढुँगा हान्नु गलत थियो । प्रहरी समाजको हित र विकासका लागि सहयोग गर्ने महत्वपुर्ण अँग हो । उनी भाग्नु खोलामा हाम फाल्नुमा उनको दोष रह्यो । उनको काचो दिमागको दोष रह्यौ । मृत्यू हुनुमा उनी स्वयँम ४० प्रतिशत दोषी छन ३० प्रतिशत साथी दोषी छन । बाकि हामी र प्रहरी प्रशासन दोषी छौ । मृत्यूको दोष केवल सुनिललाइ मात्र दिएर हामी उम्किन मिल्दैन । उनको मृत्यू हुनुको कारणमा उनी उनको परिवार ,हाम्रो समाज,हाम्रो सस्कार,हाम्रो धर्म उनको सँगत र हाम्रो राज्य पनि हो ।

कसरी भयो सुरुवात
परम्परा र मान्यताका लागि चार्डपर्वका लागि जाति विशेष रक्सि तथा माधक पदार्थलाइ स्वत रुपमा सस्कृति र समाजले खुल्ला गरिदिएको छ । भाङ धतुरो र गाजालाइ त भगवानके प्रसाद खाएर हामी बेहोसी हुन्छौ ।कुनै कुनै जातिमा रक्सि र गाजा विना कुनै धार्मिक अनुस्ठान नै अपुर्ण मानिन्छ । त्यतिबेल हामीले आफ्नै छोरालाइ भगवान शिव जी देख्छौ । त्यहिबेला हामीले जाड रक्सि चुरोट नै लागु औषधका पहिलो खुड्किला हुन जसलाइ यहि समाजले यहि धर्मले र हामीले सिकाएका छौ । हामीले बच्चाहरुलाइ दिने सस्कार,उनीहरुलाइ गर्ने स्याहार र व्यवहार लाइ राम्रो सँग पहिचान गर्नु जरुरी ठान्दैनौ । सबैभन्दा बढि त समाज,परिवार र वरपरको वातावरणको प्रभाव सर्छ हरेक बच्चा तथा युवाहरुमा । बाबाआमाले भने जति पैसा दिनु , बढि व्यस्त हुने । सुख सुविधा दिने नाउमा सम्वृद्द परिवारले बढि नै स्वतन्त्र छाडिदिनु । विद्यालय बाटै कुलतमा फस्ने गरेका तितो यथार्थले आम शिक्षा क्षेत्रसँग सम्बन्ध राख्ने धेरैलाइ पिरलेको छ । कौतुहल र बढि चन्चले स्वभाव हुने किशोर अवस्थामा यसलाइ सानका रुपमा अघि सारिनु मिडिया र चलचित्र सिरियलहरुमा नायक तथा शक्तिशाली पात्रले चुरोट रक्सि प्रयोग गर्नाले यसको शिखो बच्चाले र युवाले पनि गरेका छन ।

नेपालमा लागु औषधको प्रयोग कहाँबाट कहिले भयो भन्ने ठ्याक्कै एकिन नभएपनि हामीले सदियौ देखि प्रयोग गर्ने भगवानको प्रसाद नै यसको सुरुवात हो । रक्सी,गाजा चरेस,भाङ धतुरोलाइ विभिन्न सस्कार चार्डपवार्डमा प्रयोग हुन्छ । भने सुइ प्रयोग गरि विभिन्न औषधी मिसाइएका लठ्ठाउने पदार्थ प्रयोग गरि कडा खालको पदार्थ प्रयोग गरिन्छ । जसको मुल्य बढि पर्छ र बाहिरबाट मगाएर नेपाल भित्राइन्छ । क्याफिन,रक्सी,तमाखु,जिएचवि,हिरोयन,म्याजिक, मसरुम,इस्टासी,कोकिन,कनाविज,मेठाडन, लगायतका लागु औषध अहिले नेपालमा प्रयोग भइराखेको सर्वेक्षण तथा प्रहरी रिपोर्टले देखाउछ ।

,नेपाल भारत बिचको सिमा नाकाबाट र विदेशबाट आउने पर्यटकहरुले, अन्य बढि मात्राका लागु औषधलाइ नेपालमा प्रवेश गरेको पाइन्छ । पोखरामा विदेशी पर्यटकका कारण पनि दुव्र्यसनी बढेको भनेर भनिन्छ । पोखरा,काठमाण्डौ,धरानलाइ सबैभन्दा बढि दुव्र्यसनी भएको क्षेत्र भनेर सरकारी तथा गैरकारी रिपोर्टमा उल्लेख गरिएको छ । गृह मन्त्रालयको सर्वेक्षणानुसार दुव्येसनी ६ आ गुणाले वृद्दी भएको छ । लागु औषध दुव्यसनी तथा अवैध ओसारपसार विरुद्दको अन्तरास्टिय दिवशमा सार्वजनिक तथ्याँकमा ५० हजार भन्दा बढि पूर्ण रुपमा दुव्र्यसनमा फसेको पाइएको छ । ७.२ प्रतिशत महिला पनि दुव्र्यसनीमा फसेको तथ्याँकमा उल्लेख छ । ८० प्रतिशत त १३ देखि १९बर्ष सम्मका विद्यार्थी छन ।यो सबैभन्दा बढि डरलाग्दो अवस्था हो ।

देशभरमा दुव्र्यसनीको सँख्या बढिरहेको छ । यसमा सबैभन्दा बढि युवाहरु फसेका छन । जसको उदाहरण बागलुङ पनि हो । एउटा १७ अठार बर्षको युवा सिर्जना र सकरात्मक सोचमा देशलाइ योगदान दिन लाग्नु पर्ने बेला । चिनका १७ बर्षिय युवाले जहाज बनाएरे,अमेरिकाका १७ बर्षका युवाले विश्वलाइ चमात्कार नै गर्नें गरि नयाँ रेकर्ड राखेको समाचार पढिरहदा हाम्रा १७ ,१८ बर्षका युवालाइ लागु औषध र दुव्र्यसनी बनाएर चितामा आगो झोसिरहेका छौ । उर्जाशिल उमेरमा देश बनाउनेहरु रोगी बन्दा,देशका लागि घाडो बन्दा कसरी देशले काचुली फेर्ला कसरी देश स्वच्छ बन्ला ? यो गम्भिर प्रश्न हो ।

रोकथाम के हो त ?
अफिन लागु पदार्थ दुव्र्यसनी रोक्न मर्फिन १८०५ मा आयो । अमेरिकाको गृह युद्धमा घाइते सैनिकलाइ पिडा कम गर्न मर्फिनको प्रयोगलाइ बढायो । मार्फिन त झन अफिम भन्दा १० गुणा हानिकारक बन्यो । दुव्र्यसनी भइसकेपछि मानसिक शारारिक दुर्वलता ल्याउछ । मस्तिस्क मुटु,फोक्सो र सँवेदनशिल अँगमा आघात पारि मानविय स्वास्थ्य नै खराबी गर्छ । मान्छे बढि उत्तेजित हुने, झगडा र अपराध गर्ने,चोरी डकैति आत्महत्या ठगि र वेश्यावृत्ति पनि गर्ने गर्छन । बागलुङमा पनि लागुऔषधमा फसेका युवा युवतीले सानैमा शारिरिक सम्पर्क राख्ने असुरक्षित गर्भपतन गर्ने गरेको डरलाग्दो तथ्याँक सार्वजनिक भएको छ । दुव्र्यसनीमा लागेकाहरु गैरजिम्मेवारी हुने,एकोहोरो हुने,समाज भन्दा बढि एकलोपन रुचाउने खालका हुनछन । उनीहरुले ,फरक व्यवहार देखाउछन । अन्तरास्टिय रुपमा १९०९को अफिन कमिसनले दुव्र्यसनी नियन्त्रणको प्रयास थालेको पाइन्छ । हेग कन्भेन्सन ले २०१२ मा कानुन बनाएर सन १९८८ को महासन्धीले लागुऔषध समस्यालाइ उठाएर नियन्त्रण गर्ने कार्यक्रम थालेको थियो । लागुऔषध दुव्र्यसनी र अवैध ओसारपोसार सम्बन्धी १९८७ को अन्तरास्टिय सम्मेलनमा लागु औषधको मागको र रोकथाम बारे बहस चलाइएको थियो । भने नेपालमा पनि सरकारी तथा गैर सरकारी तवरबाट यसको न्यूनिकरणबार कार्यक्रम चलाइएको छ । नेपालमा घरघरमा प्राय रक्सि चुरोटको विज्ञापन छापिएका छन ।

केहि समय अघिबाट चुरोटको सार्वजनिक विज्ञापन रोकियो तर रक्सिको रोकिएन । साहसिको एक मात्र चाहना खुकुरी चुरोट तथा जीउ जिन्दगी रमेर सेनमेगल यस्ता विज्ञापन र उक्साहटलाइ रोक्नु पर्ने देखिन्छ । नेपालमा सुर्तिजन्य र मधिराजन्य पदार्थबाट १२ अर्ब राजस्व सँकलन हुने गरेको छ भने यसबाट लाग्ने रोग नियन्त्रणका लागि ४८ र्ब बार्षिक सरकारी बजेट जाने गरेको छ । सुर्तिजन्य र मधिराजन्य पदार्थ रोक्न,धार्मिक तथा सास्कृतिक मान्यताका आधारमा जाड रक्सि,गाजा चरेशको प्रयोग रोक्नेबारे पनि सोच्नु पर्छ भने । जानी नजानी यो क्षेत्रमा प्रवेश गरेकालाइ माया र प्रेमको साथमा पुन नयाजिवन दिने गरि सबैले पहलगर्नु पर्छ । हामी हाम्रो समाजले सुरुवात गरेको जाड रक्सि गाजाबाटै मान्छे दुव्र्येसनी बनेको छ । त्यसैले अबका सचेत सजग युवालाइ यसबाट टाढा राख्न हरेक अभिभावक,हरेक नागरिक र प्रहरी प्रशासनले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । मृतक सुनिललाइ श्रद्दान्जली । अब कहिल्यै यस्तो नहोस ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger