Latest Updates :

बंगाल प्रहरिद्धारा बिमल गुरुङको कार्यालयमा छापा

SHARE THIS POST :
दार्जिलिङ । गोरखा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङको घर र कार्यालयमा पश्चिम बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ ।

दार्जिलिङसहितका पहाडी क्षेत्र समेटेर अलग गोर्खाल्याण्ड राज्यको माग गर्दै आएका गुरुङ भने भूमिगत भएको बताइएको छ । केही दिनदेखि भाषा विवादका कारण सो क्षेत्रमा गुरुङका कार्यकर्तासहित नेपाली भाषी आन्दोलित छन् ।

छापा मारेको विरोधमा भीडले प्रहरी र केही संचारमाध्यमका गाडीमा आगजनी गरेका छन् ।

प्रहरीले गुरुङको घरमा छापा नमारेको जनाएको छ । तर उनको केही कार्यालय र अखडामा छापा मारिएको स्वीकार गर्दै प्रहरीले ठूलो संख्यामा घरेलु हतियार, विस्फोटक र सुइरो बराबद भएको जनाएको छ ।

गोरखा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले राज्य सरकारका कारण अशान्ति बढेको आरोप लगाएका छन् । राज्य सरकारले प्रहरी परिचालन गरेर नेपाली भाषीमाथि दमन गरेको उनको आरोप छ । (एजेन्सी)

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger