Latest Updates :

सशस्त्र प्रहरीका भगौडाले पत्नीको हत्या गरे

SHARE THIS POST :
सिरहामा एक सन्की पतिले पत्नीको घाँटी काटेर हत्या गरेका छन् । भगवानपुर गाउँपालिका १ बस्ने बालकृष्ण यादवले पत्नी ३५ वर्षिय रामकला देवी यादवको मंगलबार हत्या गरेका हुन् । पत्नी रामकला ओछ्यानमा सुतिरहेको वेला उनको गर्धनमा धारिलो हतियार प्रहार गरेर बालकृष्णले हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा बालकृष्ण यादवलाई पक्राउ गरिसकेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका यादवले आफूले हत्या गरेको स्वीकार गरिसकेका छन् । बालकृष्ण यादव सशस्त्र प्रहरी बलका जवान थिए । सशस्त्र प्रहरी बलवाट हथियार सहित भागेका यादव लागूपदार्थ ओसार पोसारमा समेत पक्राउ परेका थिए । दुवै मुद्दामा अदालतले तोकेको सजाय भुक्तान गरी छुटेको एक महिना नवित्दै उनले पत्नीको हत्या गरेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger