Latest Updates :

भगवान विष्णुको यो सहस्रनामको पाठले मिल्छ संकटबाट मुक्ति !

SHARE THIS POST :
वेद र पुराणमा भगवान विष्णुलाई श्रृष्टिको पालनकर्ता भनिएको छ। मानव जीवनसँग जोडिएका सुख-दुखको चक्र श्री हरिको हातमा छ। भगवानको उपासनामा विष्णु सहस्रनामको पाठको धेरै महत्व छ। यो मन्त्रमा लक्ष्मीपतिको हजार नाम दिईएको छ। यदि तपाई हरेक दिन यो मन्त्र पढ्न सक्नुहुन्छ भने जान्नुहोस विष्णुको हजार नामको फल दिने मन्त्र। ‘नमो स्तवन अनंताय सहस्त्र मूर्तये, सहस्त्रपादाक्षि शिरोरु बाहवे। सहस्त्र नाम्ने पुरुषाय शाश्वते, सहस्त्रकोटि युग धारिणे नम:।।’ यो एउटा श्लोक हो, जसको असर त्यतिनै छ जति विष्णु सहस्रनाम स्त्रोत्रको छ। हरेक दिन बिहान यो एउटा मन्त्रको जप गर्नाले जीवनमा आउने कठिनाइबाट मुक्ति मिल्छ। महाकाव्य महाभारतको ‘अनुशासन पर्व’ अध्यायमा भगवान विष्णुको एक हजार नामको उल्लेख गरिएको छ। भन्ने गरिन्छ कि जब भीष्म पितामह बाणको ओछ्यानमा सुतेर आफ्नो इच्छा मृत्युको लागी सहि समयको पर्खाइमा थिए त्यति खेर उहाले एक हजार नाम युधिष्ठिरलाई भनेका थिए। ज्ञान पाउने इच्छाले जब युधिष्ठिरले भीष्मपितामहसंग यो सोधे को सर्व व्याप्त र सर्व शक्तिमान छ ? त्यहि बेलामा पितामहले भगवान विष्णुको एक हजार नाम बताउनु भएको थियो। भीष्मपितामहले विष्णुको एक हजार नाम भन्दा युधिष्ठिरलाई भने कि हरेक युगमा मनोकामना पूर्तिको लागी यी एक हजार नाम सुन्नु र पढ्नु सबैभन्दा उत्तम हुन्छ। यसको नियमित पाठ गरेर हरेक संकटबाट मुक्ति मिल्छ। विष्णु सहस्रनाममा विष्णुलाई शम्भु, शिव, ईशान र रुद्रको नामले बोलाइएको छ। जसले यो साबित हुन्छ कि शिव र बिष्णु एक हुन्। सनातन सम्प्रदायमा धर्मलाई कहिल्यै पनि मानव समाजको रुपमा बताइएको छैन। सहि तरिकमा धर्मलाई मनुष्यको कर्तव्य नियमको रुपमा बताइएको छ। जसलाई हामि कर्म पनि भन्छौ। विष्णु सहस्रनाम पनि कर्म प्रधान हो। विष्णुको यी एक हजार नाममा मानव धर्मको बारेमा बताईएको छ। मनुष्यद्वारा मानसिक र शारीरिक रूपबाट हुने सबै काम र त्यसको फलको बर्णनको बारेमा यसमा बताईएको छ। जस्तै सहस्रनाममा १३५ औ नाम ‘धर्माध्यक्ष’ छ यसको मतलब यो होकी कर्म अनुसार मानिसलाई पुरस्कार वा सजाय दिने देव । – एजेन्सी यो मन्त्रले मिल्छ विष्णु सहस्रनाम स्त्रोत्रको लाभ: के हो विष्णु सहस्रनामसँग जोडिएको कथा ? विष्णु सहस्रनामबाट हुने लाभ


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger