Latest Updates :

धुर्मुस-सुन्तलीद्वारा बन्ने भो फेरी ५ अर्बको ‘नमूना नेपाल’! हेर्नुहोस,यस्तो छ अबको योजना

SHARE THIS POST :
काठमाडाैं : तीनवटा सफल नमूना बस्ती निर्माण पूरा गरेका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौथो परियोजना घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम अायाेजना गरि उनीहरूले करिव ५ अर्ब रुपैयाँको ‘नमूना नेपाल’ बस्तीकाे घोषणा गरेका हुन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सितराम कट्टेलले भने, ‘जुन परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबर्द्धनको लागि महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं । सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल ।’

उनले ‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय बताए । ‘हरेक नेपालीले २ सयका दरले सहयोग गर्नुभयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’ कट्टेलले भने ।, ‘नमुना नेपाल’मा हिमाल, पहाड र तराइका आर्थिक अवस्था कमजोर भएका जनताको पहिचान गरि उनीहरुलाई राखिन्छ । साथमा, नेपाल आएर सबै स्थान घुम्न नसकेका पर्यटकले पनि ‘नमुना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल घुमेको अनुभव गर्ने छन् ।’

कार्यक्रममा ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले भनिन्-‘यो मैले केही बर्ष अगाडि देखेको सपना हो । अहिले, यो सपना साकार हुँदै गएको महशुश गरेकी छु ।’ उनले आफ्नी सानी छोरीले पनि नेपाल आमाको सेवा गरुन् भन्ने चाहना व्यक्त गरेकी थिइन् ।

आयोजनाका लागि ५ सयदेखि १ हजार रोपनी जग्गा आवश्यक पर्ने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले आयोजना महत्त्वाकांक्षी भए पनि असम्भव नभएको बताए । उनले मन्त्रालयले आवश्यक जग्गाको सम्भाव्यताबारे छलफल गर्ने जानकारी दिए ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमरा भूसाललगायतले शुभकामना दिए ।जग्गा प्राप्त भएर शीलान्यास गरेकै दिन निर्माण पूरा हुने दिन घोषणा गरिने कट्टेलले बताए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger