१६ वर्षको उमेरमा एउटी केटीलाई खुबै मन पराउथेँ । सायद, त्यो नै मेरो पहिलो सच्चा प्रेम थियो । तर, त्यो वेला उनीप्रतिको आफ्नो प्रेम व्यक्त गर्ने हिम्मत मसँग थिएन । डरले सताउँथ्यो कि उनले ‘हुन्न’ भनिदिइन् भने त रु उनलाई मेरा दुईजना साथीले पनि मन पराउँथे र भेट्थे पनि । तर, उनीहरूसँग पनि ती केटी बाहिर घुम्न भने जान्नथिन् । खासमा उनी मेरी निकै मिल्ने साथी थिइन् । तर, कहिल्यै पनि मलाई मजाकको नजरले भने हेरिनन् ।
कुनै अर्को व्यक्तिले उनलाई भेटेको देखेँ भने मलाई असह्य हुन्थ्यो । तर, उनले कहिल्यै मेरो सोचाई बुझिनन् या बुझ्न चाहिनन् । सायद, मैले मन पराउँछु भन्ने उनलाई अड्कल थियो । तर, उनी मसँग नजिक हुन नचाहेको हुन सक्छ ।
उनको घरमा निकै ठूलो कुकुर थियो । त्यसलाई नियन्त्रणमा लिन नै मुस्किल पथ्र्यो । एक दिन त्यो कुकुरले मलाई टोक्यो । मैले पनि रिसको झोकमा त्यसलाई नराम्रोसँग हिर्काइदिएँ । कुकुर कुइँकुइँ गर्दै भाग्यो । यो घटनापछि त झन् मैले फैसला गरेँ कि अबचाहिँ बर्बाद भयो । मैले उनलाई निकै मन पराएँ तर, उनले मलाई कहिल्यै मन पराइनन् । उनको कुकुरले पनि मन पराएन ।
यो ३५ वर्षअघिको कुरा हो । उनलाई नपाउँदा केही दिन म निकै पीडित भएँ । सोच्थेँ, सबै कुरा खत्तम भयो । तर, आज म भगवान्लाई धन्यवाद दिन चाहन्छु कि मैले फेरि जिन्दगीमा उनको नाम कहिल्यै लिनुपरेन । उनको घरजम पक्कै भइसक्यो होला । म चाहन्छु, उनी जहाँ भए पनि खुसी होऊन् । ३५ वर्ष भयो, मैले उनलाई देखेको पनि छैन । उनको आफ्नै जिन्दगी छ, त्यसैले नामचाहिँ खुलासा गर्न चाहन्नँ ।
.
Post a Comment