Latest Updates :

कुनै युवतीलाई पनि किन भित्रैदेखि माया गर्नुहुन्न तपाई भन्ने प्रश्नमा यस्तो रोचक उत्तर दिए सलमानले

SHARE THIS POST :
एजेन्सी ।  – सलमान खान ५१ वर्षमा हिँडिरहेका छन् । तर, उनी अझैसम्म अविवाहित नै छन् । कुनै पनि अफेयरमा लामो समय टिक्न नसक्ने सलमान युवतीका नजरमा भने अझै जवान छन् । सलमान भनेपछि भुतुक्कै हुने सेलेब्रिटी धेरै छन् । तर, किन उनी कुनै युवतीसँग पनि धेरै टिक्न सक्दैनन् ?  साँच्चै उनले आजसम्म कुनै पनि युवतीलाई भित्रैदेखि माया गरेका छैनन् ?  यिनै जिज्ञासाको जवाफ सलमान आफैँले दिएका छन् । उनले १६ वर्षको छँदा गरेको पहिलो प्रेम यसरी सम्झिए

१६ वर्षको उमेरमा एउटी केटीलाई खुबै मन पराउथेँ । सायद, त्यो नै मेरो पहिलो सच्चा प्रेम थियो । तर, त्यो वेला उनीप्रतिको आफ्नो प्रेम व्यक्त गर्ने हिम्मत मसँग थिएन । डरले सताउँथ्यो कि उनले ‘हुन्न’ भनिदिइन् भने त रु उनलाई मेरा दुईजना साथीले पनि मन पराउँथे र भेट्थे पनि । तर, उनीहरूसँग पनि ती केटी बाहिर घुम्न भने जान्नथिन् । खासमा उनी मेरी निकै मिल्ने साथी थिइन् । तर, कहिल्यै पनि मलाई मजाकको नजरले भने हेरिनन् ।

कुनै अर्को व्यक्तिले उनलाई भेटेको देखेँ भने मलाई असह्य हुन्थ्यो । तर, उनले कहिल्यै मेरो सोचाई बुझिनन् या बुझ्न चाहिनन् । सायद, मैले मन पराउँछु भन्ने उनलाई अड्कल थियो । तर, उनी मसँग नजिक हुन नचाहेको हुन सक्छ ।

उनको घरमा निकै ठूलो कुकुर थियो । त्यसलाई नियन्त्रणमा लिन नै मुस्किल पथ्र्यो । एक दिन त्यो कुकुरले मलाई टोक्यो । मैले पनि रिसको झोकमा त्यसलाई नराम्रोसँग हिर्काइदिएँ । कुकुर कुइँकुइँ गर्दै भाग्यो । यो घटनापछि त झन् मैले फैसला गरेँ कि अबचाहिँ बर्बाद भयो । मैले उनलाई निकै मन पराएँ तर, उनले मलाई कहिल्यै मन पराइनन् । उनको कुकुरले पनि मन पराएन ।

यो ३५ वर्षअघिको कुरा हो । उनलाई नपाउँदा केही दिन म निकै पीडित भएँ । सोच्थेँ, सबै कुरा खत्तम भयो । तर, आज म भगवान्लाई धन्यवाद दिन चाहन्छु कि मैले फेरि जिन्दगीमा उनको नाम कहिल्यै लिनुपरेन । उनको घरजम पक्कै भइसक्यो होला । म चाहन्छु, उनी जहाँ भए पनि खुसी होऊन् । ३५ वर्ष भयो, मैले उनलाई देखेको पनि छैन । उनको आफ्नै जिन्दगी छ, त्यसैले नामचाहिँ खुलासा गर्न चाहन्नँ ।

.


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger