Latest Updates :

बाबा रामदेव महिलाको अँगालोमा फेला परे ! तस्बिर सामाजिक सञ्जालमा भाइरल

SHARE THIS POST :

नयाँदिल्ली, १८ मंसिर । भारतका योग गुरु बाबा रामदेव बेडरुममा एक महिलासँग अँगालो मारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।

तस्बिर आपत्तिजनक त छैन । तर, तस्बिर योग गुरु रामदेवको आचरणअनुसारको भएन भन्दै सामाजिक सञ्जालहरूमा आलोचना भइरहेको लोकहित एक्सप्रेसको अनलाइन संस्करणमा समाचार छापिएको छ । बेड रुममै महिलालाई अँगालो हालेर बसेपछि रामदेवको आचरणमा समेत प्रश्न उठाइएको छ ।

रामदेव अविवाहित हुन् । उनीसँग बसेकी महिला को हुन् र कहाँकी हुन् समाचारमा खुलाइएको छैन ।

पतञ्जलि आयुर्वेद उद्योग स्थापना गर्नका लागि हालै नेपाल आएका रामदेवको लगानीको विषयमा प्रश्न उठिरहेका बेला उनको यो तस्बिरले हँगामा मच्चाएको छ ।

एकजना गुरु कसैलाई भेट्न सक्छन् । तर उनले महिलालाई बेडरुममा जसरी पकडेर राखेका छन् त्यसलाई भने सामान्य रुपमा लिइएको छैन् । ती महिलासँग त्यसरी बस्नु भारतीय संस्कारविरुद्ध रहेको समाचारमा उल्लेख छ ।

भारतका कही नाम चलेका योगीहरूको रासलीलाका समाचार बेलाबेला प्रकाशित हुने गरेका छन् । त्यसैले योग गुरु रामदेवको यो तस्बिरलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठेको छ । – एजेन्सी


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger