नेपालगन्ज । नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले कारागार मै झुण्डिएर आत्महत्या गरेका छन् ।
जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका बाँकेका २७ वर्षीय अरविन्दकुमार बर्माले आज बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेको बताइएका छन् ।
बर्माले सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
Post a Comment