Latest Updates :

घरैमा सुतेकी दिदीलाई बलात्कार गरे अनि ९ बर्षीया बहिनीको हत्या गर्ने हत्यारा यिनै हुन्

SHARE THIS POST :
दमक,२८ जेष्ठ | पछिल्लो समय नेपाली समाजमा हत्या र क्रुरताले सिमा नाघ्दै गैरहेको छ त्यस्तै भयो दमकमा पनि आफन्तलाई जबरजस्ती करणी गरेको देखेपछि दमक २ भालुखुडीका हेमकुमार दाहालकी ९ बर्षीया छोरी गंगा दाहालको हत्या भएको प्रहरीले जनाएको छ । छिमेकी ४३ बर्षीय लक्ष्मीप्रसाद अधिकारीले बालिकाको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

इलाका प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटना र हत्यारा सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्त अधिकारीलाई शुक्रबारै जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गराएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार अधिकारीले बुधबार बेलुका पौने ५ बजेतिर बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेका थिए । बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक बालिका स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार स्कुलबाट घर फर्किएकी बालिका पेट दुख्यो भन्दै घरको माथिल्लो तलामा गएर सुतेकी थिइन् । उनी सुतेको केहीबेरपछि छिमेकी अधिकारीले घरमै रहेको आफन्तलाई जबरजस्ती करणीको प्रयास गरेका थिए । मुख थुनेर करणीको प्रयास भइरहँदा आफन्तले चिच्याएपछि बालिका ब्युझिएकी थिइन् ।

बालिकाले अधिकारीलाई पछाडिबाट तान्न खोजेकी थिइन् । करणी गरेको बालिकाले देखेको थाहा पाएपछि अधिकारीले बालिकालाई नजिकै रहेको बन्चरोले प्रहार गरेका थिए । अधिकारीले बालिकाको अनुहार, टाउको र छातीमा पटकपटक बन्चरो प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको डिएसपी लिम्बुले बताए ।

बालिकालाई हत्या गरेपछि जबरजस्ती करणी प्रयास गरेकी युवतीलाई अधिकारीले घटना कसैलाई भने आमा र भाइलाई पनि यसरी नै मारिदिने भन्दै धम्क्याएका थिए । घटना भएको समयमा मृतक बालिकाकी आमा र ठूली दिदी बजार गएका थिए । बजारबाट घर फर्किएर ठूली दिदी घरको माथिल्लो तलामा चढेपछि बहिनीको बिभत्स हत्या भएको देखेर चिच्याएकी थिइन् ।अभियुक्त अधिकारीलाई कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दा चलाएको डिएसपी लिम्बूले बताए ।
साभार-टिभी नेपाली


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger