Latest Updates :

प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि यस्तो भन्छन् भारतीय मिडिया

SHARE THIS POST :
एजेन्सी । इण्डियन आइडल २००७ का बिजेता प्रशान्त तामाङले दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि उनीमाथि भारतीय मिडियाको नजर परेको छ।

जन्मस्थल दार्जिलिङ भएका प्रशान्त तामाङले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बंगाल सरकारको प्रहार आफ्नी मातृआमा माथि परेको भन्दै गोर्खाल्याण्ड आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन्। उनले गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा गीत बनाएर गाउने समेत उद्घोष गरेका छन्।

उनले भारतीय पत्रिका इण्डिया एक्सप्रेससँग कुराकानी गर्दै भनेका छन्, म जे छु आज त्यो दार्जिलिङकै कारण भएको हो, त्यसैले म गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्छु। बंगाल सरकारले सान्तिपुर्ण आन्दोलनमा सेना परिचालन गरेको भन्दै प्रशान्तले त्यसमा आपत्ति जनाएका छन्।

त्यस्तै प्रशान्तका बारेमा अर्को मिडिया आजतक लेख्छ, हाल आफ्नी पत्नीसँग दिल्लीमा रहेका प्रशान्तले मात्र हैन खार्जिलिङमा बस्दै आएको उनको पूरै परिवारले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरिरहेको छ।

त्यो बाहेक अन्य भारतीय मिडियाले पनि प्रशान्त तामाङको सफलतामा दार्जिलिङका व्यक्तिको ठूलो हात रहेको बताउदै आफ्नो मातृभूमिमाथि लाठी बर्सिएको उनले देख्न नसक्ने भन्दै खबर लेखेको छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger