Latest Updates :

पूर्वजर्नेलको बगैंचामा महिलाको लास

SHARE THIS POST :
 सुनसरीको इटहरीमा एक महिलाको लास फेला परेको छ। २९ वर्षीया रञ्जु ठकुरीको लास पोखरीमा डुबेको अवस्थामा फेला परेको हो। इटहरी ४ स्थित कुमार फुदोङको लिची बगैँचाको पोखरीमा भेटिएको उक्त लासको प्रकृती हेर्दा तिघ्रामा निलडाम छ भने पानीले जिउ सुन्निएको छ। कसैले हत्या गरी फालेको हुन सक्ने अनुमान गरिएको छ।
 उक्त बगैँचा पूर्व जर्नेल कुमार फुदोङको हो। फुदोङ माओवादी केन्द्रबाट सुनसरी क्षेत्र नं. २ का सविधान सभा सदस्य पदका उम्मेदवार समेत थिए। केही समयअघि उक्त बगैँचामा रिसोर्ट समेत चलेको थियो । केही महिना सञ्चालनमा आएर बन्द भएको रिसोर्टमा काम गर्ने गरेको स्थानियले बताएका छन्। यता गोरखामा बस्दै आएका रञ्जुका श्रीमानले भने आफूहरु ९ महिनाअघि नै छुट्टिइसकेको बताउनुभएको छ। तीन दिनअघि मात्र श्रीमानलाई भेट्न गोरखा पुगेकी रञ्जु काठमाडौ जान्छु भनेर हिडेको बताइएको छ। तस्विरः टंक दाहालकाे फेसबुकबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger