Latest Updates :

भने दिलिप रायमाझीले मेमोरी किङ्ग अर्पण शर्मालाइ “तपाइलाई भगवानले फुर्सदमा बनाउनु भाको रैछ” (पुरा भिडियोमा हेर्नुहोला )

SHARE THIS POST :
एक मिनेटमा ४२ शब्दका क्रम स्मरण गरी तेज स्मरण शक्तिमा विश्व किर्तीमान बनाउन सफल मेमोरी किंग अर्पण शर्माको जन्म सोमबार २३ माघ २०४६ सालमा भएको हो। सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए । सन् २०१५ को सेप्टेम्बर २६ तारिखका दिन बेलायतको राजधानी लण्डनमा एउटा घोषणा भयो जसमा गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र जारी गरेर भन्यो, ‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन् ।’ बहुप्रतिभाशाली राष्ट्रिय युवा पुरस्कार–०७२ बाट सम्मानित भइसकेका साथै स्थानीय स्तरमा पनि दजनौं संघसंस्थाबाट पुरस्कृत भएका अर्पण शर्माले झापामा युवा सशक्तिकरण समाज नामक संस्था खोलेका छन् । सो संस्थाले युवालाई मेमोरी, आर्ट, बुटिक लगायतका विषयसँग सम्बन्धित तालिम दिन्छ । धेरै शब्दको केहीबेरमै स्मरण गरेर उनले सबैलाई चकित बनाउने गरेका छन् । उनी भन्छन्, ‘सामान्यतयाः एउटा शब्दलाई स्मरण गर्न एक सेकेण्डदेखि ५ सेकेण्डसम्म लाग्छ ।

धेरै शब्दको केहीबेरमै स्मरण गरेर उनले सबैलाई चकित बनाउने गरेका छन् । उनी भन्छन्, ‘सामान्यतयाः एउटा शब्दलाई स्मरण गर्न एक सेकेण्डदेखि ५ सेकेण्डसम्म लाग्छ ।’ आफ्नो स्मरणशक्तिका कारण उनलाई पढाइमा पनि धेरै सघाउ पुगेको छ । उनी कलेज टपर हुन् । अचम्म लाग्न सक्छ, परीक्षाको तालिका नआउन्जेल उनी किताबै छुँदैनन् । तर, तालिका आएको एक महिनाअघिदेखि भने आफ्नो स्मरणशक्तिलाई भरपूर प्रयोग गर्दै मन लगाएर पढ्छन् ।२ जना हस्तीहरुको भेट पछि त्यहाँ के के कुरा भयो बुज्नका लागि तलको भिडियोमा हेर्नुहोला ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger