पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना गर्ने वा ३ घन्टा थुन्ने गरेकोमा ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ । लथालिङ्ग र अब्यबस्थित सडक र एकै चोटी यस्तो नियम लागु गर्दा सर्बसाधारणहरु आक्रोशित भएका छन् | आवश्यकता अनुसार जेब्रा क्रसिङ नै नभएको र पर्याप्त जनचेतना नजगाई कारबाही थालिएकाले ट्राफिकको आलोचना भएको हो ।
विकास समितिको शुक्रबारको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी निर्देशन दिएको छ ।
साथै पैदलयात्रीहरुलाई सडक अनुशासन पालना गरेको कारबाही गर्नुपूर्व पर्याप्त जनचेतना जगाउन भनेको छ । साथै सात दिनभित्र सडक अनुशासन निर्देशका तथा सडक र सडकपेटी प्रयोग गर्ने निर्देशक बनाएर कार्यान्वयन गर्न भनेको छ ।
विकास समितिले ट्राफिक बत्ति पुनः सुचारु गर्ने प्रक्रिया छिटो निष्कर्षमा पुर्याउन भनेको छ । यदि यो प्रक्रियाले समय लिने भए आफ्नो स्रोत वा वैकल्पिक व्यवस्थापनबाट ५ महिनाभित्र ट्राफिक बत्ति पुनः सुचारु गर्न निर्देशन दिएको छ ।
Post a Comment