एजेन्सी । आँफुलाई भन्दा बढी माया गर्ने प्रेमीको मृत्यु भएपछि अस्ट्रेलियाकी आयला क्रेस्वेल छाँगाबाट नै खसेजस्ती भइन् ।
प्रेमीसँग मिलेर तीन सन्तानको योजना बुन्दै विवाहबन्धनमा बाँधिनै लाग्दा ब्वाइफ्रेन्ड डेबिसको मृत्यु भएपछि मुर्छा परेकी आयलाले अदालतको ढोका समेत ढकढकाउने निर्णमा पुगेकी छिन् ।
प्रेमीको मृत्यु भए लगत्तै उनको वीर्य निकाल्न लगाई ‘स्पर्म स्टोर’मा जम्मा गरेकी थिइन् । त्यही वीर्यमार्फत आईबीएम प्रविधि प्रयोग गरी उनी गर्भवती बन्न र बच्चा जन्माउन चाहन्छिन् । मृतक डेबिसको परिवारले पनि सहमति दिइसकेकाले अदालतले स्वीकृति दिनुपर्ने आयलाको माग छ ।
Post a Comment