Latest Updates :

विद्यार्थी चढेको बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, २० विद्यार्थी घाइते

SHARE THIS POST :
सिन्धुली, १५ असार । विद्यार्थी चढेको बोलेरो दुर्घटना हँुदा सिन्धुलीमा आज एकजना विद्यार्थीको मृत्यु भएको छ । अन्य २० जना विद्यार्थी घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका– ११ का १३ वर्षीय विनोद मगर रहेको छ । गौमति नमुना मावि माडीबजारको कक्षा– ७ मा अध्ययनरत् विनोदको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।

विद्यालयको पढाइ सकिएपछि गौमति नमुना मावि माडीबजारमा अध्ययनरत विद्यार्थीले ज १ च १२९७ नम्बरको सिङगल क्यापको पिकअप बोलेरोमा चढेर फिटिङतर्फ जाँदै गर्दा बिपी राजमार्ग सडक खण्डअन्तर्गत बुका पुल नजिक दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई काठमाडाँै र धुलिखेल पठाइएको छ । गम्भीर घाइतेमध्ये रानीचुरीका– ११ वर्षीय अस्मित मोत्तान, १३ वर्षीय विनिता वाइवा र ९ वर्षीय ललित मगरलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडाँै लगिएको छ ।

यसैगरी सिन्धुली अस्पतालमा उपचार हुननसकेपछि १३ वर्षीय अमृत वाइवा, १३ वर्षीय प्रतिमान गोले र १५ वर्षीय रवीन रम्तेललाई एम्बुलेन्सबाट तथा १३ वर्षीय विष्णु तामाङ, १३ वर्षीय जगत वाइवा र ११ वर्षीकी ज्ञानीमाया वाइवालाई टाटा सुमोबाट थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

त्यस्तै दुर्घटनामा परी घाइते भएका १२ वर्षीय अर्जुन मोक्तान, १३ वर्षीय सुजित घिसिङ, १४ वर्षीय उमेश लामा, १५ वर्षीय इन्द्रबहादुर तामाङ, १३ वर्षीय मेघराज दर्लामी, १४ वर्षीय चन्द्रकला मगर, १२ वर्षीय हर्कबहादुर स्याङवा, १७ वर्षीय मनप मगर, १६ वर्षीय राजु वाइवा, १७ वर्षीय दीपक श्रेष्ठ र १६ वर्षीय प्रताप स्याङतानको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्रगतिका कारण सो बोलेरो दुर्घटनामा परेको छ । दुर्घटनास्थलबाट विद्यालयका कर्मचारी, विधार्थी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासीले उद्धार गरी अस्पतालमा पु¥याएका थिए ।

रामेछापमा इलोक्ट्रोनिक सामान पु¥याएर सो बोलेरो जनकपुरतर्फ जाँदै गरेको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger