तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानलको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।
गोलभेँडाको फेश प्याक
गोलभेँडाको रस छालमा भएको सनवर्नलाई हटाउनमा धेरै नै मद्दत गर्छ । यसले छालालाई कोमल, चम्किलो बनाउनुका साथै रंग पनि सफा गर्छ । गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक आउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ । छालालाई हानिकारक पराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ । किन की चर्को घामले गर्दा सन वर्न, दाग बस्ने जस्ता समस्या हुन सक्छ ।
कागती फेश प्याक
एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रंगलाई गोरो बनाउँछ । साथै दही र बेसारको पेस्ट पनि प्रयोग गर्न सकिन्छ ।
काक्रोको ओभरनाइट फेश प्याक
काक्रोको ओभरनाइट ९रातभरि० फेस प्याक बनाउनका लागि सबैभन्दा पहिले मिक्सरमा काक्रोको रस निकाल्ने । त्यसपछि काक्रोको रसमा गुलाब जल र ग्लिसिरीन समान मात्रामा मिसाउने । पेस्टलाई धेरै पतलो नबनाई बाक्लो नै रहन दिने । अब उक्त पेस्टलाईँ राति सुत्नु भन्दा पहिले अनुहारमा लगाउने र रातभरि रहन दिने । बिहान उठेर सफा पानीले अनुहार धुने र हातले थपथपाएर सुकाउने । केही दिन मै तपाईँले आफ्नो अनुहारको रंगमा धेरै नै परिवर्तन भएको अनुभव गर्न सक्नु हुने छ ।
घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालमा भएको कालोपना हटाई चम्किलो बनाउँछ ।
Post a Comment