Latest Updates :

अनुहार ढुंगाले किचेको अवस्थामा खेतमा भेटियो महिलाको शव

SHARE THIS POST :

लहान : सिरहाको लहान नगरपालिका–१ सिंगराहीको खेतमा अन्दाजी ३० वर्षकी एक महिलाको शव विभत्स ढंगले हत्या गरिएको अवस्थामा भेटिएको छ। लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि करिब ३ सय मिटर उत्तरतर्फ सहायक सडकछेउमा शुक्रबार बिहान मधेसीमूलकी महिलाको शव भेटिएको हो।

अनुहार नचिनिने गरी ढुंगाले किचिएकाले पहिचान खुल्न सकेको छैन। ढुंगाले हानेर दाँत भाँचिउको छ भने कञ्चटमा गहिरो चोट देखिएको छ। शव भेटिएको स्थानदेखि ४ सय मिटरको दूरीमा मोटर ग्यारेज र २४ घण्टा ट्राफिक प्रहरी रहने भएकाले अन्यत्र हत्या गरेर त्यहाँ फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

शव पोष्टमार्टमका लागि लहानस्थित रामुकमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger