Latest Updates :

नेपाल आइडलकी कार्यक्रम संचालिका रिमा बिश्वकर्माले खुलासा गरिन् : "राम्रो गाउँदैमा मात्र नेपाल आइडल बनाउन मिल्दैन" (भिडियो सहित्)

SHARE THIS POST :

काठमाडौं, जेठ १०– मधेशवादी दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सफल प्रधानमन्त्रीको रुपमा दर्ज भएको धारणा राखेका छन् । मधेशवादी दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेशका माग पूरा गराउन खेलेको भूमिकाप्रति मधेशवादी दलका नेताहरु सन्तुष्ट छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले काम गर्ने गर्ने भनेपनि मधेशको हकमा कुनै उल्लेखनीय कार्य नगरेको प्रतिक्रिया दिए । ‘कुनै काम गरेको भए त्यसकाबारेमा जस दिन सकिन्थ्यो तर देखिने गरी कुनै काम गरेनन् ।’ –यादवले भने । ‘प्रधानमन्त्री जति परिवर्तन भए पनि केही हुनेवाला छैन,’ उनले भने, ‘जबसम्म नीति र नियतमा परिवर्तन हुँदैन, तबसम्म जति प्रधानमन्त्री परिवर्तन गरे केही हुँदैन, जो प्रधानमन्त्री बनेपनि उत्पीडित जनता, विभेदमा परेका मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, शिल्पीलगायतको हकमा नीति र नियत ठीक राख्नुपर्छ ।’ संघीय समाजवादी फोरम नेपालका सहमहासचिव अभिषेकप्रताप शाहले छोटो समयमा प्रधानमन्त्रीको रुपमा प्रचण्ड सफल भएको बताए । सबै दललाई मिलाएर लैजाने खुबी भएको नेताको रुपमा उनी देखिएको बताउँदै उनले मधेशको माग पूरा गराउन पनि प्रचण्डको प्रयास सफल प्रयास रहेका बताए । ‘मधेशको माग पूरा गराउन उनले प्रयास गरेकै हो तर अरु दलहरुले साथ नदिएको मात्र हो,’ उनले भने, ‘मधेशप्रति प्रचण्ड इमान्दार भएको पाएँ ।’ जो आएपनि आफूहरुको माग र एजेण्डा यथावत रहन्छ, उनीहरुलाई पनि माग पूरा गराउन दवाव दिने नै हो बताउँदै उनले मधेशको माग पूरा हुने कुरा प्रधानमन्त्री को बन्ने हो, कस्तो समीकरण हुने त्यसमा भरपर्ने बताए । राष्ट्रिय जनता पार्टीका महामन्त्री जितेन्द्र सोनलले प्रचण्ड एउटा राजनीतिक व्यक्ति रहेको कुरा प्रमाणित भएको बताए । आफ्नो कार्यकालमा केही राम्रा कार्य गरेपनि

मधेशको हकमा सफल नभएको बताउँदै उनले मधेशको हकमा पनि प्रयास गरेकै हो तर विभिन्न दलको कारण सफल नभएको उनले प्रतिक्रिया दिए । उनले जो प्रधानमन्त्री आएपनि आफूहरुको अडान यथावत रहने बताए । जो प्रधानमन्त्री आएपनि माग पूरा गर्नुपर्छ भनि आफूहरुको ध्यान हुन्छ भन्दै नेता सोनलले अब आउने प्रधानमन्त्री को हुन्छ, कस्तो समिकरणमा बन्छ, उसले आफूहरुसँग कस्तो व्यवहार गर्छ त्यही अनुसार आफूहरुले व्यवहार गर्ने बताए । राजपा अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको राजिनामालगायतको विषयमा छलफल भइरहेको बैठक स्रोतले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger