Latest Updates :

रविनाको हत्या की आत्महत्या ? सक्दो शयेर गर्नुहोला।

SHARE THIS POST :
नवलपरासीको कावासोती-१६ डण्डा की १५ बर्षिया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गईरहेको छ।रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारीक श्रोतको दाबी छ तर त्यहाँका स्थानिय बासीन्दाले रविनाको हत्या भएको दावी गर्दै आएका छन्। किशोरी अर्याल गएको बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन्।उनको शरिरको प्रकृति हेर्दा नाक बाट रगत बगेको अनुहारमा चोट समेत देखीएका ले उनको आत्महत्या नभई उनका बाबु तुलसी अर्याल र सौतेनी आमा ले हत्या गरेर झुण्डाएको आरोप स्थानिय बासीले लगाएका छन्।
 स्थानिय बासिन्दा घटना बारे प्रहरी सँग निष्पक्ष छानबिनको माग राख्दै आन्दोलन मा उत्रीएका छन्। निष्पक्ष छानबिन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीय बासिन्दा ले दिएका छन्। घटना संकास्पद रहेको प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा र दुम्कौली दुवैले परिक्षण गर्न नमाने पछी शवलाई भरतपुर अस्पताल लगेर परिक्षण गरिएको आन्दोलनमा सहभागी डण्डा की शर्मिला गिरी ले बताउनु भयो ।शव गएको शुक्रबार नै परिक्षण गरि दाहसंस्कार गरिएको थियो।प्रहरीले मृतक का बाबू र सौतेनी आमा दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।भिडियो हेर्न यहाँ तल थिच्नुहोला।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger