Latest Updates :

सबैभन्दा बढी उमेरमा सगरमाथाको चुचुरो पुग्ने नयाँ रेकर्ड बनाउन सकेनन् शेरचनले, आधार शिविरमै ज्यान गयो

SHARE THIS POST :
काठमाडौं, वैशाख २३– सबैभन्दा बढी उमेरमा सगरमाथा आरोरण गरी नयाँ रेकर्ड बनाउन खोज्न मीनबहादुर शेरचनको निधन भएको छ ।

८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गर्छु भन्दा शेरचनको ज्यान गएको हो । उनले सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउन चाहेका थिए ।
सन् २०१३ मा जापानका यूचीरा मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहरण गरी सबै बढी उमेर उमेरमा सगरमाथा पुगेको रेकर्ड बनाएका छन् । शेरचनले मिउराको रेकर्ड तोड्न चाहेका थिए ।

शेरचनले यसअघि सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरी सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाएका थिए । तर मिराउले सन् २०१३ मा उक्त रेकर्ड तोडिदिएका थिए ।

सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका शेरचनको ८५ वर्षीय शेरचनको शनिवार निधन भएको हो । उनको शनिबार बेलुका ५ बजेर १४ मिनेटमा आधार शिविरमै निधन भएको हो ।

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि निस्किएका थिए ।

केही दिनअघि मात्रै सगरमाथा चढ्ने क्रममा ४० वषका स्वीस पर्वतारोही उइली स्टेकको मृत्यु भएको थियो ।

यसअघि पनि ८१ वर्षको उमेरमा मीनबहादुरले मिउराको रेकर्ड तोड्ने प्रयास गरेका थिए । तर खराब मौसमका कारण उनको उक्त अभियान बीचैमा छाड्नु परेको थियो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger