Latest Updates :

गोली प्रहार गरी घरमा लुटपाट गरीएको छ , कुकुरले थाल्याे अनुसन्धान

SHARE THIS POST :
भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उनकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ । हारगुहार गरेपछि हेर्न पुगेका छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि उनीहरुले कुटपिट गरेका छन् ।

महतोकी श्रीमती २७ वर्षीया कुन्ती महतोसमेत बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरुलाई कुटपिट गरी घरमा रहेको रु एक लाख ५० हजार, दुई थान सिक्री, एक थान आँैठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटेराले लगेको थापाले बताए।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गङ्गारामको टाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीको टाउकामा रगत जमेको प्रहरीले जनाएको छ । अन्यको अवस्था खतरामुक्त रहेको छ ।

राति ११ः४५ बजेको समयमा आएका तीनजना अपरिचित व्यक्तिले गोली प्रहार र धारिलो हतियार एवम् ह्यामर प्रयोग गरी आक्रमण गरेर लुटपाट गरेको थापाले बताए। घटनालगत्तै प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले अनुसन्धान थालेको र हेटौँडाबाट कुकुरसहितको अनुसन्धान टोली आउँदै गरेको उहाँले बताए । रासस


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger