Latest Updates :

सम्पतिको लागि एक महिला को बिभत्स तरिकाले हत्या: हत्यारा पक्राउ

SHARE THIS POST :
निल श्रेष्ठ

मोरङको कानेपाखरी गाउँपालि ७ कानेपाखरी जंगलमा आठ महिना एक महिलाको हत्या सम्पती हत्याउन बिभत्स तरिकाले हत्या गरेको प्रहरीले बताएको छ ।
तस्बिरः अनिल श्रेष्ठ
एक भारतीय महिलाको हत्याको आरोपमा हत्यामा संलग्नलाई मोरङ प्रहरीले पक्राउ गरी बिहीबार पक्राउ गरेर सार्वजनीक गरेपछि सो रहस्य खुलेको हो ।

भारतको दार्जीलीङ पश्चीम बङगालका ४२ वर्षीय राजकुमार प्रधानलाई मोरङ प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको हो । अभियुक्त प्रधानले आठ महिना अगाडि सुनसरीको धरान १५ माईती भएकी भारतको सिलीगुडी चम्पासरी घर भएका लिला शर्मा दाहाललाई मोरङको कानेपोखरी जंगलमा ०७३ असोज १० गते हत्यागरी फरार रहेका थिए ।

मृतक दाहालका देवर विमल शर्माले दिएको उजुरीको आधारमा लामो अनुसन्धानपछी प्रधानलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरिक्ष सन्दीपराज भण्डारीले बताए । ईलाका प्रहरी कार्यलय पथरीमा मनमायाका देवर विमल शर्माले उजुरी दर्ता गराएका थिए ।

आठ महिना पहिला मृतक दाहाल र प्रधान विर्तामोडबाट मोटर साईकलमा ईटहरी आउदै गरेको अवस्थामा कानेपोखरीको जंगलको सडक खण्डमा र्आेलेर मृतक दाहाल पिसाव फेर्दै गर्दा प्रधानले टाउकोमा ढुङगाले हिर्काएर हत्या गरेर फरार रहेको प्रहरीले प्रधान संग लिएको बयानमा खुलेको प्रहरी उपरिक्षक भण्डारीले बताए । अभियुक्त प्रधान र मृतक दाहाल विच अनैतीक सम्बन्ध रहेको मोरङ प्रहरीको अनुमान छ । अभियुक्त प्रधान र मृतक दाहालका श्रीमान जग्गाका कारोबारका हिस्सेदार थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger