Latest Updates :

रामेछाप कांग्रेस सभापतिको छोरा चुनाबको लागि गाउँ जादै गर्दा बाटोमै बेपत्ता !

SHARE THIS POST :
काठमाडौं, बैशाख २६

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्योपानेका छोरा आनन्दश्री न्यौपाने बेपत्ता भएका छन् । सोमबार विहान भक्तपुर स्थित घरबाट रामेछाप हिँडेका न्यौपाने बीच बाटोबाटै हराएको भन्दै परिवारले प्रहरीलाई खबर गरेका छन् ।
‘परिवारले हामीलाई आनन्दश्री न्यौपाने बेपत्ता भएको भनेर मौखिक खबर गरेको छन्’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) कुमोध ढुंगेलले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा भक्तपुरको साँगा क्षेत्रबाट सम्पर्क विहीन भएको खुलेको छ ।’
विहान करिब ९ बजे भक्तपुरबाट रामेछाप जान भनि हिँडेका न्यौपाने राती अबेर पनि रामेछाप सदरमुकाम मन्थली नपुगेपछी परिवारले प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार स्थानिय चुनाव खर्च प्रयोजनका लागी साथमा चार लाख बोकेर उनि रामेछाप जाँदै थिए । उनले बोकेको मोवाईल मध्यान्ह करिब १२ बजेदेखी स्विच अफ भएको थियो । आनन्दश्री कहाँ छन् भन्नेबारे भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger