Latest Updates :

प्रहरी र विप्लवका कार्यकर्ताबीच मकवानपुरमा दोहोरो भिडन्त

SHARE THIS POST :

मकवानपुर, ३१ बैशाख । मकवानपुरको हाँडीखोलामा प्रहरी र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भिडन्त भएको छ । सो क्रममा प्रहरीले गोली समेत चलाएको बुझिएको छ । नेकपाका नारायणी ब्यूरो इन्चार्ज चिरन पुनका अनुसार हाँडीखोला बुथ नजिकै उक्त भिडन्त भएको हो । सो क्षेत्रका स्थानीयवासीले भने दुबै पक्षबाट गोली हानाहान भएको बताएका छन् । शनिवार राती ९।३० बजेतिर उक्त भिडन्त भएको हो । गोली चल्दा प्रहरी र नेकपाका कार्यकर्ता ५०० मिटरको दुरीमा रहेको स्थानीयवासीले जनाएका छन् ।

दोहोरो फायरिङ हुन थालेपछि त्यस क्षेत्रका जनता त्रसित बनेका छन् । यो भिडन्तले भोलिको मतदान प्रभावित हुनसक्ने बताइएको छ । केहीबेर फायरिङ गरेपछि दुबै पक्ष आआफ्नो स्थानतर्फ लागेको बुझिएको छ ।

स्थानीयवासीका अनुसार प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान हुँदै गर्दा नेपाली सेनाको टोली पनि त्यस क्षेत्रमा पुगेको थियो । नेपाली सेनाको टोलीले पनि ३० राउन्ड फायर गरेको बुझिएको छ ।

मकवानपुरमा नेकपाका कार्यकर्ताले एक जना उम्मेदवारलार्इ नियन्त्रणमा लिएर राखेका छन् । नेकपाका कार्यकर्ताले मनहरी गाउँ पालिकाको एक वडाबाट वडा प्रमुखमा उम्मेदवार उठेका राजकुमार उप्रेतीलार्इ नियन्त्रणमा लगेका हुन् । नेकपाका मकवानपुर इन्चार्ज ज्वालाले उप्रेतीलाई ३१ गतेसम्म छोड्ने बताएका छन् ।

यसैबीच मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वार्ड नं ३ बाट उम्मेदवार उठेका धनसिंह स्याङतानको घरमा वम विष्फोट भएको खबर प्राप्त भएको छ । विष्फोटबाट के कति क्षति भयो भन्ने केही थाहा हुन सकेको छैन । ठूलो आवाजका साथ वम विष्फोट भएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger