Latest Updates :

छोरीलाई जन्म दिएपछि पत्नी मिरालाई हिरोइन बनाउदै शाहिद

SHARE THIS POST :
एजेन्सी- अभिनेता साहिद कपुरकी पत्नी मीरा राजपुत बलिउडमा डेब्यु गर्ने तयारीमा रहेको भारतीय अनलाइनहरूले जनाएका छन् । फिल्मी कार्यक्रमहरूमा सहभागिता जनाउन आतुरता देखाउँदै आएकी मीराले पति साहिदका म्यानेजरसँग पनि सल्लाह लिने गरेकी छिन् ।

उनलाई केही टिभी विज्ञापन तथा टिभी सोबाट अफर आइसकेको छ । केही प्रोडक्टले उनी र छोरी मिसालाई समेत अनुबन्धित गर्न चाहेका छन् ।

पछिल्लो समय मीराले आफू र र छोरीका विभिन्न पोजका फोटा इन्स्टाग्राममा सेयर गर्ने गरेकी छिन् । उनलाई हिरोइन बन्न पति साहिदले सहयोग गरिरहेको दाबीसमेत अनलाइनहरूको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger