Latest Updates :

नेपाली फिल्म छाड्छु भनेकै हुँः निखिल उप्रेती

SHARE THIS POST :
बिक्छ त केवल एक्सन। त्यसैले त उनको परिचय नै छ, ‘एक्सन हिरो’। प्रसंग हो, अभिनेता निखिल उप्रेतीको। त्यसो त उनी बलिउडमै जम्न चाहन्थे। मुम्बई गएर वर्षौं संघर्ष पनि गरे। तर, बलिउडमा जे सिके फर्केर देखाए, नेपालमै। ‘पिँजडा’बाट नेपाली चलचित्रमा डेब्यु गरेका निखिल ०५८ यता निरन्तर एक्सन हिरोको परिचयमा छन्। आजको नयाँ पत्रिकाकामा महेश तिमल्सिनाले निखिलसँग गरेको कुराकानीबाट हामीले यो खबर लिएका हौ।
जब फैलाइयो मविरुद्ध अफवाह
नेपाली चलचित्र खेलिरहँदा बीचबीचमा मुम्बईतिर नि गएँ। यही समयमा सञ्चितासँग बिहे भयो। यो वेला नानाथरी हल्ला चले। सञ्चितालाई बिहे गरेर निखिल मुम्बईतिरै भासियो, अब नेपाली चलचत्रिमा अभिनय गर्दैन भन्नेसम्मका कुरा आए। तर, यो गलत थियो।
सञ्चितासँग बिहे गरेको वेला मुम्बई गएर बस्नु एउटा संयोग थियो। तर, त्यतिखेर मलाई नेपाली चलचित्रमा अभिनय गर्न दिक्क लागेकै भने हो। हुन्न भन्न नसक्ने बानीले गर्दा मैले धेरै दुःख पाएँ।
धेरैजसोले थर्काउँथे, घुक्र्याउँथे, झगडा गर्न आउँथे। यो हदले सीमा नाघेपछि मैले मेरा नजिकका साथीहरूलाई ‘अब नेपाली फिल्म इन्ड्रस्ट्री छाड्दै छु’ भनेकै हो। किनभने मेरो जिन्दगीसँगको सरोकार थियो। सुपरस्टार बनेर मै हुँ भन्ने चाहना अहिले पनि ममा छैन। म यसलाई केही पनि मान्दिनँ। यो केबल मेरो काम हो। म सधैँ दर्शकको मन जित्ने कोसिस गर्छु। तर, जीवन अर्कै चिज हो। मैले पनि मेरो रोजाइअनुसारको जीवन जिउन पाउनुपर्छ। त्यो वेलाको चार वर्षमा मैले जे कुरा सिकेँ, जीवनभरका लागि सिकेँ।
निखिल पत्तासाफ भयो पनि भने
केही समय नेपाली फिल्म उद्योग छाड्दा निखिल पत्तासाफ भयो भन्ने हल्ला पनि चल्यो। अहिले पनि कतिपय निर्देशक÷निर्मातालाई निखिल आउट भइदिए हुन्थ्यो भन्ने लागेको छ। निखिलको चलचित्र यहाँ चल्न दिनुहुँदैन भन्नेहरू पनि छन्। तर, उनीहरू सफल हुँदैनन्। म विश्वस्त छु।
नेपाल फर्किएर ‘भैरव’ गरेपछि मेरो विश्वास थप बलियो भयो। मप्रति नेपाली दर्शकको माया धेरै छ भन्ने अझै महसुस भयो। आफ्नै निर्देशनमा निर्माण गरेको भैरवले ममा ऊर्जा पनि थप्यो। यसबाहेक ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’, ‘राधे’लगायतमा अभिनय गरेँ। अब फेरि आफ्नै निर्देशनमा दोस्रो फिल्म बनाउँदै छु, ‘कमिटमेन्ट सिक्स्टी आवर’। मलाई पत्तासाफ भयो भन्नेहरू गफ गर्दै जान्छन्, म काम गर्दै जान्छु।

.

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger