Latest Updates :

आफ्नी ४५ दिनकी छोरीको टाउको काटी पूजा गर्ने पापी पिता

SHARE THIS POST :
एजेन्सी ।  संभल जिल्लास्थित चंदासी भन्ने ठाउँमा एक पिताले आफ्नी ४५ दिनकी छोरीको टाउको काटी भगवानलाई चढाएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ तर उनी फरार रहेको समाचारहरूमा जनाइएको छ । प्रहरीका अनुसार संभलको नरौली भन्ने ठाउँमा कल्याण सैनी आफ्ना परिवारका साथ बस्दै आएका थिए ।
उनको परिवारमा उनकी पत्नी र दुई छोरी छन् । एउटी छोरी तीन वर्षकी छन् भने अर्की भर्खर ४५ दिनकी थिइन् । उनले तन्त्रमन्त्रका लागि आफ्नी नवजात शिशु छोरीलाई घरको मन्दिरमा लगि शरीरबाट टाउको अलग गरेर बली चढाएका थिए ।

यो खबर बहिर आएसँगै त्यस स्थानमा यो दर्दनाक घटनाले सनसनी मच्चाएको छ । प्रहरीले कल्याण्को घरमा ती निर्दोष शिशुको लास फेला पारिसकेको छ । उनको शरीर र टाउको अलग गरिएको थियो । शुक्रबार राति उनकी पत्नीले सँगै सुतेकी छोरी नदेखेपछि खोज्न हिँडेकी थिइन् ।

आफ्नै घरको अर्को कोठामा आफ्नी दुई महिना पनि नपुगकी छोरीको त्यस्तो स्थिति देखेपछि उनी अर्धबेहोस भएकी थिइन् । ती बालिकाको शरीर जमीनमा थियो भने बाबुचाहिँ उनको टाउकोको पूजा गरिरहेका थिए । पत्नीले चिच्याएपछि कल्याण फरार भएका थिए । आसपासका मान्छेले बताए अनुसार कल्याण एउटा तान्त्रिकसँग भेट्न गइरहन्थे र उसले नै दिएको सल्लाहअनुसार आफ्नी छोरीको बलि चढाएको अनुमान लगाइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger