Latest Updates :

कतारबाट श्रीमानले पठाएको रकम लिएर अर्कै केटा सँग विहे गर्ने महिला पक्राउ

SHARE THIS POST :
जुम्ला,चैत्र १८, श्रीमानले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर एक महिला अर्कैसंग हिडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन !उनी साबिक डील्लीचौर _३लोर्पा गाउँकी २८ बर्षिया सुज्जा बुडा हुन् ! बुडा १८ दिनअघि तत्कालिन मालिकाठाटा _१ का मिन बाहादुर रावतसंग बिवाह गरेपछि बालबच्चा बिचल्लीमा परेका हुन् ! केटा सदरमुकाम पढ्न आएको र केटि कुमारी हु भनेपछि बिवाह गरेको हालका श्रीमान रावत पक्षका कृष्णबहादुर रावतले बताए!

दुई वर्षका लागि १८ महिनाअघि बैदेशिक रोजगारमा गएका सुज्याका श्रीमान बिष्णुबहादुर बुढाले पटक पटक गरेर रु सात लाख ८३ हजार पठाएका थिए !पैसासहित अर्कैसंग हिडेपछि दुई वर्षको नाबालकसहित युकेजीमा पढ्ने दुई छोरा अहिले बिचल्लीमा परेका पीडितका आफन्त भक्त बहादुर बुढाले बताए !पिडित बिष्णुबहादुर बुढा हाल कतारमा छन् !उनी नेपाल आउन अझै ६ महिना बाकी रहेको आफन्त भक्तबहादुर बताऊ छन् !अहिले सुज्या बुढा मिनबहादुर रावत दुबैलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ! पिडित पक्क्षधरले बुढाले हालसम्म बालबच्चा पालेको,घरमा बस्दा बिबिध क्षेत्रमा खर्च भएको रु तिन लाख छुटाएर रु चार लाख ८३ हजार नगद फर्काउन माग गरेको छन् !रकम के कति हो भन्ने कुराको जानकारी लिन खोज अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ !रासस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger