Latest Updates :

आफैले निर्देशन गर्न लागेको फिल्ममा ८० बर्षकी बृद्धा बन्दै छिन कंगना , यस्तो देखिनेछ उनको बृद्ध रुप

SHARE THIS POST :
एजेन्सी-चर्चित बलिउड अभिनेत्री कंगना रनावत अब ८० बर्षकी वृद्धा बन्ने भएकी छिन् । भारतीय मिडियाका अनुसार कंगना आफैले निर्देशन गर्न लागेको चलचित्र तेजू’ मा ८० बर्षकी वृद्धा बन्न लागेको बताइएको छ ।

यसो त कंगनाले निर्देशनमा पनि पहिलो चोटि हात हाल्दैछिन् ।साथै फिल्मको कथा पनि उनी आफैले लेखेको बताइएको छ ।उनले, यस्ती एउटा बृद्धाको भूमिकामा काम गर्दैछिन्, जो मृत्युको मुखमा पुग्ने बेलामा मर्न नै चाहन्नन् र अझै जिउन चाहन्छिन् ।

उनले भनेकी छिन्-‘म वृद्ध मानिसहरुको विचबाट हुर्किएकी हुँ र उनीहरुको बारेमा यस्ता कैयौ कुराहरु मैले देखेकी छु, जुन आम मानिसले नदेखेको पनि हुनसक्छ ।’ यस अघि फिल्म रंगुनमा काम गरेकी कंगनाले अहिले तेजूमा काम गर्दैछिन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger