स्वर्गीय शिव रेग्मीद्वारा निर्देशित चलचित्रमा उनको अभिनयले त्यतिबेला राम्रै चर्चा बटुलेको थियो । त्यसैले पनि उनले सोही नामको चलचित्रबाट निर्देशनमा डेब्यु गरेकी हुन् ।
ड्रिम्स अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवनायक सलिनमान बानियाँ लगायतका कलाकार लिएर चलचित्र ‘ए मेरो हजुर–२’बनाएकी झरना चलचित्रबाट धेरै आसावादी छिन् । केही पहिले सार्वजनिक चलचिको गीतले पनि राम्रो हाइट बनाएको छ । अभिनेत्री, निर्माता, निर्देशक झरनासँग रातोपाटीले राखेको दस प्रश्नः
पछिल्लो समय केमा व्यस्त हुनुहन्छ ?
आफ्नै निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर–२’को अहिले डबिङ कार्य भइरहेको छ । चलचित्र राम्रो बनाउनदेखि प्रचार प्रसार र प्रदर्शनको समय मिलाउनमै व्यस्त भइरहेकी छु ।
सौदर्यप्रति कतिको सजक हुनुहन्छ ?
सजकै छु । यसो भन्दैमा मेकअप धेरै गर्नेमा पर्दिनँ म । नर्मल मेकअप गर्न रुचाउँछु । गाजल, लिबिस्टिक र हल्का पाउड मात्र लगाउने बानी छ । मेकअपमा धेरै समय लाग्दैन । त्यस्तै १० देखि १५ मिनेटभित्रमा सक्छु ।
शरीर कसरी मेन्टेन गरिरहनुभएको छ ?
नियमित एक्सरसाइजका लागि जिम धाउने गर्छु । योगा पनि गर्ने गरेकी छु । खानपिनमा पनि विषेश ध्यान दिने गरेकी छु ।
फेसनप्रति कत्तिको रुचि छ ?
बजारमा चलेको फेसन फलो गर्ने गरेकी छु । धेरै समय जिन्स पाइन्ट, टिसर्ट नै लगाउन सजिलो लाग्छ । वान पिस पनि लगाउने गरेकी छु । सारी लगाउन आफूलाई राम्रो लाग्छ ।
घुम्न मनपर्ने ठाउँ ?
धेरै छन् । देशको प्राकृतिक सौन्दर्यले भरिएका स्थानहरु मलाई मनपर्छ । विदेशका पनि धेरै ठाउँ छन् ।
पूरा नभएको सपना पनि होला नि ?
त्यस्तो गुनासो, पूरा नभएको सपना केही छैन । तर पनि मनमा अझै केही गर्नुपर्छ भन्ने भइरहन्छ ।
अभिनयमा नआएको भए अहिले के गरिन्थ्यो होला ?
मेरो सानैदेखिको बैङ्कमा जागिर खाने इच्छा थियो । अभिनयमा नआएको भए देशको कुनै बैङ्कमा जागिर खाँदै हुन्थे होला । अभिनयले त्यो रहर खोसेको छ ।
सुटिङ समयको भुल्न नसकेको एक घटना ?
आफ्नै चलचित्र ‘ए मेरो हजुर’को ‘बारहाते पटुकी ..’ बोलको गीत हामीले दोहामा सुटिङ गरेका थियौँ । यो समयका मेरो दाइने खुट्टामा चोट लागेको थियो । डाक्टरले १५ दिन रेस्ट गर्नुपर्छ भन्दा पनि नमानेर पेनकिल्लर खाँदै मैले सुटिङ सकाएको थिए ।
फ्यानलाई गाली गरेको अवस्था छ कि छैन ?
धेरै छन् । कहिले काहीँ आफ्नो मुड ठीक भइरहेको हँुदैन । फ्यानले फोन गरेर इरिटेज बनाउनु हुन्छ । त्यो समय अन्य काम छैन भनेर गाली पनि गरेको छु । कहिले फ्यानले चाहिनेभन्दा धेरै बढी र नचाहिँदा वर्ड पनि प्रयोग गर्नुहुन्छ । ती फ्यानलाई मैले गाली गर्र्ने गरेकी छु । भक्तपुरको एक फ्यान थिए । जसले मलाई अभद्र बोेलेको कारणले मैले केस गरेर हनुमान ढोकासम्म पर्याएकी थिए ।
मनपर्ने हिरो ?
मनपर्ने हिरो त श्रीकृष्ण श्रेष्ठ र दिलिप रायमाझी नै हो । राजबल्लभ कोइरालको अभिनय पनि निकै राम्रो लाग्थ्यो ।
Post a Comment