Latest Updates :

कांग्रेसको गण मानिने. गगन थापाको क्षेत्रमा कंग्रेसलाई हराउँदै एमालेको पुरै प्यानलसहित शानदार जीत

SHARE THIS POST :

काठमाण्डौ, १ जेष्ठ । काठमाण्डौ बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको शानदार जीत भएको छ । नेपाली कंग्रेससंगको प्रतिस्पर्धामा एमालेले पुरै प्यानल नै ल्याएर शानदार जीत हाँसिल गरेको हो ।

बुढानीलकण्ठको वडा नं. १३ मा कृष्ण श्रेष्ठको पुरै प्यानको यो जीतलाई ऐतिहाँसिक जीत मानिएको छ । नेपाली कंग्रेसका नेता एंव स्वास्थ्य मन्त्री गगन थापाको बर्चस्व रहेको बुढानिलकण्ठमा नेकपा एमालेले जित्नु एउटा चुनौतिकै विषय थियो । एमालेको यस प्रकारको जीतलाई त्याहाँका जनताले बुढानीलकण्ठको समग्र विकासको रुपमा लिएको एक स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बुढानीलकण्ठमा विकासको गतिले अब अग्रता पाउने बताईएको छ ।
महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान
सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौँ महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो । औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो ।पोखरा महानगरपालिकामा मतदाता सङ्ख्या एक लाख ६८ हजार ६७ रहेकामा एक लाख २४ हजार छ सय १४ अर्थात् ७५.७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाका रुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसङ्ख्या चार लाख १४ हजार १४१ रहेको छ ।तराई–मधेसको एक मात्र चितवनस्थित भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ५० हजार दुई सय ७४ मध्ये एक लाख १२ हजार सात सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता सङ्ख्याको ७५.०२ प्रतिशत हो । कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसङ्ख्या दुई लाख ८० हजार पाँच सय दुई छ ।
मुलुकको पहिलो कामपामा मतदाता सङ्ख्या दुई लाख ७१ हजार दुई सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब एक लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसङ्ख्या नौ लाख ७५ हजार ४६३ छ ।ऐतिहासिक तथा पर्यटकीय महत्वको ललितपुर महानगरपालिकामा कुल एक लाख १२ हजार नौ सय २३ मतदातामध्ये सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार दुई सय १४ मत खसेको थियो । चार महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । उनन्तीस वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार दुई लाख ८४ हजार नौ सय २२ जनसङ्ख्या छ ।निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । चारै महानगरपालिकामध्ये ललितपुरमा आइतबार रातिदेखि र अन्यमा आजदेखि मतगणना सुरु भएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger