Latest Updates :

आफ्नो अभिभावकलाई पाेल सुनाएकाे भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

SHARE THIS POST :
पथरी/अभिभावकलाई पोल सुनाएको भन्दै प्रिन्सिपल सि.एम श्रेष्ठले कक्षा १० मा अध्ययनरत छात्रलाई निलडाम हुने गरी कुटपिट गरेका छन ।पथरीशनिश्चरे १, स्थीत पथरी बजार बस्ने सुरज राईलाई बिराटनगर–४, तिनटोलीयामा रहेको लड बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल श्रेष्ठले निर्घात कुटपिट गरेको हो ।

होस्टल बस्दै आएका सुरजलाई बैशाख २८ गते कुटपिट गरेका थिए । छोराले कुटाई खाएपछि आमालाई सुनाए पछि आमाले प्रिन्सिपलसंग छलफल गरी मिलाएको थियौँ आमा बबि राईले बताए ।

त्यसको भोलीपल्ट बैशाख २९ गते शुक्रबार पुन प्रिन्सिपल श्रेष्ठले कक्षा कोठामा रबरको पाईप बोकी निरर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सुरज राईको पाखुरा तिघ्रा र चाकमा निलडाम बसेको छ । कक्षामा हिसाब गर्नलगाएर हिसाब नमिले पछि कपालमा समातेर ‘तलाई कुटपिट गरुम भने पनि आमा लिएर आउँछस अब तलाई के दुधभात खुवाएर राखुम भन्दै भरे होस्टेलमा पख’ भन्दै रबरको पाइपले कुटपिट गरीकोे सुरज राईले बताए ।

शुक्रबार स्कुल छुट्टी पछि राई होस्टल आएर शरिर हेर्दा निलडाम देखि डराएर पछि भागेर घर आएको आमा बबि राईले बताए ।विद्यालयमा ३१ गते पिडितका अभिभावकहरुले स्कुलमा गएर प्याब्सन र स्कुल प्रशासनसंग छलफल गरेका थिए । छलफल पछि विद्यालय प्रशासनका अध्यक्ष नितीन गजुरेलले प्रिन्सीपल श्रेष्ठलाई निलम्बन गरी माफी मगाएका छन् ।

यता प्याब्सन मोरङका अध्यक्ष बासुदेब न्यौपानेले अत्यान्तै दुख घटाना भएकोले यस्ता शिक्षकलाई कारवाहीगरी स्कुललाई समेत निरिक्षण गर्ने बताए । प्रिन्सीपल श्रेष्टले आफुले सुरजलाई कुटपिट गरेको स्वीकार गरेका छन् । विद्यालयले अभिभावकको इच्छा अनुसार माग पुरा गरिदिने सहमतीमा छलफल टुङगीएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger