Latest Updates :

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

SHARE THIS POST :
शुक्रबार, २९ बैशाख २०७४, ११ : २४ |  शंकर श्रेष्ठ

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ३ ख ३५५९ ट्रकले ग १३ प ३०६० नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । ट्रकको ठक्करबाट स्कुटर चालक ३० वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो भने स्कुटरमै सवार उनकी श्रीमती २६ वर्षीय सुनिता श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

घाइतेको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको सल्यानटार प्रहरीले जनाएको छ । केन्द्रका डाक्टर सृष्टि उप्रेतीका अनुसार  घाइतेको अवस्था गम्भीर छ ।

दुवै सवारी नेपाली काँग्रेस त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत त्रिशुरेश्वरमा भएको आमसभा तथा र्याली सकेर फर्किएको थियो । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger