Latest Updates :

पेटबाट जिउँदा बाम, शल्यक्रिया गरेर निकालियो

SHARE THIS POST :
शुक्रबार, २९ बैशाख २०७४, १३ : ०७ |  नागरिक
हेर्दा सर्पजस्तो देखिने अन्धा बाम माछा कसैको पेटबाट जिउँदै निकालिएको सुन्दा पत्यारिलो लाग्दैन। तर, चीनमा एक जना मानिसको पेटबाट लामो बामा माछालाई जिउँदै झिकिएको छ। डाक्टरहरूले पेटबाट बाम झिक्दै गरेको भिडियो अहिले अनलाइनतिर भाइरल भएको छ।

नाम नखुलाइएका चीनका एकजना ४९ वर्षीय पुरुषको पेटबाट बाम माछालाई जिउँदै निकालिएको हो। ती व्यक्ति लामो समयदेखि कब्जियतबाट पीडित थिए। कसै गर्दा पनि कब्जियतले नछोडेपछि उनले विभिन्न ठाउँमा औषधिउपचार गराए, तर कसैले उनलाई निको पार्न सकेन। अवस्था झन्झन् बिग्रिँदै गएपछि उनी प्राकृतिक रूपमा उपचार गर्ने भनी चिनिएका एक वैद्यकोमा गए।

वैद्यले उनलाई भने- 'जिउँदो बाम माछालाई गुदद्वारभित्र जबर्जस्ती छिराएर पेटभित्र पसाउने हो भने यसले आन्द्रालाई सफा गर्छ र अन्त्यमा आफैँ बाहिर निस्किन्छ।' उनले त्यसै गरे। बाम माछालाई उनले भित्र पसाए तर, माछा बाहिर निस्किएन।

बाम माछा पेटमा अड्किएपछि छाती र पेट बेस्कन दुख्न थाल्यो। उनी डाक्टरकहाँ पुगे। सुरुमा थाहै नपाई बाम माछा पेटमा पसेको उनले बताए पनि अन्त्यमा आफूले जानीजानी पसाएको उनले स्वीकार गरे। शल्यक्रिया गरेर माछा बाहिर निकालेपछि अहिले उनी खुशी छन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger