Latest Updates :

आमिर खानको दंगलले कमायो दश अर्ब भारु, जित्न सक्छ बाहुबलीलाई

SHARE THIS POST :
 आमिर खानको दंगलले दश अर्ब भारु कमाउने दोस्रो भारतीय फिल्म बन्ने सौभाग्य पाएको छ । चीनमा एकैदिनमा ८३ करोड भारु कमाएर कीर्तिमान बनाउँदै अझै सशक्त प्रदर्शन गरिरहेको दंगलले बाहुबली २ को कमाइ रेकर्ड पनि तोड्न सक्ने देखिएको छ ।

बाहुबलीले छिट्टै १३ अर्ब भारु कमाउने लक्षण देखिँदैछ तर संसारभरि यसको व्यापार आगामी दुई हप्तामा घट्ने अनुमान गरिएको छ । तर चीनमा दंगलको प्रदर्शन असाधारण छ र कमाइ अझै बढ्ने लक्षण देखिएको छ ।

चीनमा दोस्रो शनिवार पनि दंगल राम्रो चलिरहेको छ र यसले विश्वव्यापी रूपमा १५ अर्ब भारु कमाउने छाँट देखाउँदैछ ।

यसैगरी कमाउँदै जाने हो भने दंगलले अबका केही हप्तामा बाहुबली २ लाई ठूलै अन्तरले उछिन्नेछ ।

एजेन्सी

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger