विशेष सूचनाका आधारमा इलामको सूर्याेदय नगरपालिका–४ का रञ्जित प्रधान, बुद्धशान्ति गाउँपालिका–२ का राजेश अधिकारी र सोही स्थानका सन्दीप राईलाई पक्राउ गरिएको बिर्तामोडका डीएसपी केशवकुमार थेवेले जानकारी दिए ।
उनीहरूको कोठामा छापा मार्दा नेपाली र भारतीय विभिन्न दरका बेरेको नोट र ढ्याक पैसा समेत बरामद गरिएको उनले जनाए । पक्राउ परेका तीनैजना लागूऔषधको सेवन र कारोबारीसमेत भएको अनुमान प्रहरीको छ । लागूऔषध मुद्दामा म्याद थप गरी उनीहरूमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Post a Comment