Latest Updates :

एक रेष्टुरेण्टमा मगाएको माछाको सुपमा मान्छेका औंला भेटेपछि

SHARE THIS POST :
एजेन्सी। एक महिलाले रेष्टुरेण्टमा मगाएको माछाको सुपमा मान्छेका औंला भेटेपछि हंगामा भएको छ। उनले त्यो औलाको फोटो खिचेर सोसल मिडियामा राखेकी छिन्। तर, केहीले भने यो फिस ब्लेडर भएको भनेका छन्। जसका कारण ताइवानी सोसल मिडियामा निकै चर्को बहस भएको छ।

ली जियाकी नामकी महिलाले २१ मे मा यो फोटो पोस्ट गरेकी थिइन्। जसमा सुपको भाँडोमा मान्छेको औला तैरिरहेको छ। अहिले सोसल मिडियामा यो अनौठो बस्तु मान्छेको औंला नै हो वा फिस ब्लेडर हो भन्ने विषयमा निकै चर्को बहस चलिरहेको छ। केही प्रयोगकर्ताहरुले यसबारे प्रहरीलाई खबर गर्न सल्लाह दिएका छन्। एक युजरले भने कुनै माछाले मान्छेको औला निलेको हुन सक्ने अनुमान गरेका छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger