विराटनगरमा रहेको बाग्मति प्लाष्टिक उद्योगको आधिकारीक विक्रेताका रुपमा लक्ष्मण खन्डेलवालले वीरगन्जको बाइपासमा सन्चालन गरेको सुभाष ट्रेडर्सको गोदाममा आगलागी भएको हो।
आगलागीबाट पसल तथा गोदाममा भण्डारण गरेर राखिएका प्लाष्टिकको कुर्ची , त्रिपाल , चटाइ , मग , बाटा , मचिया, डोरी लगायतका सबै सामान जलेर नष्ट हुदा करिब तीन करोड रुपैयाको क्षति भएको सन्चालक खन्डेलवालले बताउनुभयो।
यस्तै आगलागीले पसल र गोदाम रहेको सटर सहितको दुइ तल्ले पक्की भवन पनि जलेर नष्ट भएको उहाले बताउनुभयो । पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले भने घटनास्थलको प्रारम्भिक अनुगमन गर्दा दुइ करोड ६८ रुपैयाको क्षति भएको विवरण प्राप्त भएको बताउनुभयो। राति ९ बजे तिर लागेको आगो सात वटा दमकलको सहयोगमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना र म्यादी प्रहरीले चार घण्टा पछि नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक जोशीले बताउनुभयो।
आगो निभाउनका लागि वीरगन्ज उपमहानगरपालिका , कलैया उपमहानगरपालिका , चन्द्रनिगाहपुर र भारत बिहार रक्सौलबाट गरि आठ वटा दमकल घटनास्थलमा पुगेका थिए। आगलागीको यकिन कारण खुल्न नसके पनि राति गोदाममा भित्र विद्युतको तार सर्किट भएर आगलागी भएको हुन सक्ने सुभाष ट्रेडर्सका सन्चालक खण्डेलवालले बताउनुभयो।
आइतवार सात बजे तिर पसल र गोदाम बन्द गरेर घर गएपछि राति नौ बजेतिर छिमेकका पसलेहरुले फोन गरेर गोदाममा आगो लागेको खबर गरेपछि आफु घटनास्थलमा पुगेको खण्डेलवालले बताउनुभयो। अन्नपूर्ण पोस्टबाट
Post a Comment