गत बैशाख १९ गते बेपत्ता भएका वली घोराही उपमहानगरपालिकामा पर्ने चेोपट्टाको जंगलमा मृत अवस्थामा भेटिएको शव रहेको ठाउँमा पुग्नु भएका जिप्रका दाङका सई विनोद सिंङले जानकारी दिनुभयो ।
जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सई सिङका अनुसार वलीकी श्रीमतीले शव आफ्नो श्रीमानको भएको बताउनुभएको छ । प्रहरीका अनुसार वलीकी श्रीमतीले नङबाट श्रीमानको पहिचान गर्नुभएको थियो ।शव भेटिएको स्थानमा चप्पल पनि फेला परेका छन् । शव कुहिएको छ । एउटा दाँत झरेको छ । बेेेपत्ता हुनुअघि वलीका सबै दाँत सकुशल थिए । शव पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । वलीको हत्या गरिएको हो कि आत्महत्या हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।
वली २८ दिनअघि घरबाट बेपत्ता हुनुभएको थियो । चिठीमा अार्थिक भार थेक्न नसकेकाले आफू घर छोडेर गएको र बाँकी ऋण तिर्न अनुरोध गरिएको थियो ।
मृतक वलीले तुलसीपुरको रझेनीमा खोल्ने भनिएको मेडिकल कजेलको वरपर जग्गा खरिद गरि प्लटिङ गर्नुभएको थियोे । मेडिकल कजेज सञ्चालन गर्ने भनिएको संस्थाको नाममा भएको जग्गा बैकले लिलाम गरेपछि वली तनाबमा हुनुहुन्थ्यो ।
Post a Comment