Latest Updates :

बर्षौ देखि बन्दकोठामा मलमुत्रसंगै सुँगुर सरह राखिएको २७ बर्षिय महिलाको आज उद्दार, गरिबी वा मानवीयताको अन्त्य ? (फोटो सहित)

SHARE THIS POST :
इटहरी | मानिसमा मानबियता हराएको वा गरिबीको पराकस्टता हो ! यस्तै एउटा घटना घटेको छ यहाँ | वर्षौदेखि एउटा कोठा भित्र बन्धक अवस्थामा जीवन विताई रहेकी इटहरीकी भरना चौधरीकाे उद्धार गरी  जिल्ला अस्पताल इनरुवा लगिएकाे छ । मानव अधिकारकर्मीको समुहले उनलाई उद्धार गरी उनलार्इ अस्पताल लगिएकाे हाे । जन्म देखिनै मानसिक अवस्था ठीक नभएकी उनका बुबा आमाले विभिन्न अस्पतालमा लगेर उपचार पनि गराएता पनि केही वर्ष अघि बुबा आमाको निधन भए पछि उनलाई आफन्त रिना श्रेष्ठ र वहिनी पुजा चौधरीले हेरदेख गर्दै आएका थिए ।


उनलार्इ रेखदेख गर्दै अाइरहेकी उनकी फूपुकी छोरी रिना चौधरीका अनुसार  ‘२/३ वर्षदेखि लुगै लाउन छाडे पछि कोठाबाट बाहिर निस्कन नदिकाे बतार्इन् । दिशा, पिसाव, खान सबै एकै कोठामा भएर पनि लामो समय विताई रहेकी भरना अहिले २७ वर्षकी भइन् । मानव अधिकार संजाल सुनसरी, राष्ट्रिय मानव अधकिार आयोग, इन्सेक, पहल नेटवर्क लगायतका मानव अधिकारकर्मीहरूको समुहले उनलाई उद्धार गरेकाे हाे । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार उनलाई उपचारको लागि इनरुवा लगिएको बताए ।

फोरोहरु हेर्नुहोस :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger