Latest Updates :

दर्जनौँ प्रकारका रोगहरुबाट छुट्कारा पाउन बिरेनुन

SHARE THIS POST :
पहिले-पहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा घरकी हजुरआमा तथा हजुरबाले आफ्ना नानीहरुलाई बिरेनुन चुस्न दिने गर्दथे । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गर्थे । तर यो घरेलु ओखतीको ठाउँ आजभोली आधुनिक औषधीले दिइसकेको भएता पनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन् ।

अनुसन्धानले के देखाएको छ भने बिभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ । प्राचिन काल देखिनै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान मानिदै आइएको छ । त्यसैलाई आधार मानेर हुनसक्छ कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोली पनि गर्ने गरिन्छ । त्यसो त बिरेनुनको स्वादका कारणले पनि हुनुपर्छ यसका पारखीहरु धेरै छन् । जस्तै चनाचटपटी, पानीपुरी, समोसाको अचार लगायतका चटपटे स्वादका खानेकुरामा यसको मीश्रणकै कारण मानिसहरुको मन लोभ्याउन बिरेनुन सफल भएको हो ।

बैज्ञानिकहरुका अनुसार साधारण नुन भन्दा फरक बिरेनुन सजिलै शरीरमा घोलिने तथा यसमा पोटासियम र सोडियमको मात्रा पनि नहुने भएकोले यो सेवन गर्नाले उच्च रक्तचाप जस्ता लाग्दो रोगमा समेत यसले केही फरक पार्दैन ।

बिरेनुन प्रयोग गर्नाले प्राप्तहुने फाइदाहरु

१. यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ ।

२. शरीरमा पानीको मात्राको पुर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन भुमिका खेल्छ ।

३. रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको बिकास हुन दिदैन ।

४. यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

५. शरीरमा एसीड तथा फासफोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।

६. नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । साथै छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।

७. स्वासप्रश्वास संबन्धी समस्याहुनेहरुका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।

८. बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ ।

९. टाउकोको कोषिकाहरुलाई पुनर्जिवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निन्द्रा निमत्याउँछ ।

१०. मांसपेशीलाई बलियो बनाउँछ ।

११. रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ ।

१२. यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिदैन ।

१३. यसले कलेजो तथा किडनीलाई बलियो बनाउँछ ।

१४. पिनास, घाँटीदुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ ।

१५. शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक बिचारको बिकासमा यसको देन प्रशंसनिय छ ।

बिरेनुन सेवन गर्नाले कुनै पनि नकारात्मक असर शरीरमा देखा पर्दैन । यसले तपाईको पेट तथा किडनीमा पनि हानि पुर्याउँदैन ।

बिरेनुन पानीमा मिसाएर नुहाउँदा धेरै फाइदा मिल्छस्

एक लिटर पानीमा ३० ग्राम बिरेनुन मिसाउनुहोस् । मनतातो पानी भए अति राम्रो । यो नुनपानीले स्नानगर्दा सावुन तथा स्याम्पु भने प्रयोग नगर्नुहोस् । हुनत बिरेनुन प्रयोग गरेर बनाएको साबुन पनि पाइन्छ । बिरेनुन तथा बिरेनुनजडित साबुनले नुहाउँदा सुरुसुरुमा छालामा केही असहज महसुस हुनसक्छ तर यस्तो हुँदैमा चिन्ता लिनुपर्दैन । केही दिनपछि सहज हुँदै जान्छ ।

छालासंबद्ध समस्याहरुमा बिरेनुनको प्रयोग अति लाभदायक छ

१. छालाजन्य बिभिन्न रोगहरु

२. सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक

३. छाला चिलाएको तथा एलर्जी

४. पाठेघर संबन्धी समस्याहरु

५. जोर्नीजन्य समस्या तथा शरीर सुनिएकोमा

६. अपरेशन पछिका घाउ निकोपार्न

यसका साथै डण्डीफोर तथा अनुहारको घाउ खटिरा निकोपार्न बिरेनुन अचुक मानिन्छ

डण्डिफोर लगायतका अनुहारको फोहर, दाग तथा खटिरा निदानका लागि बिरेनुन प्रयोग गर्न सकिन्छ । त्यसका लागि तीन लिटर मनतातो पानीमा १०० ग्राम बिरेनुन मिसाउनुहोस् । अनुहार सफागर्नुहोस् । यो प्रक्रिया नियमित रुपमा अपनाउनुहोस् ।

नाक तथा पिनासका लागि :

आधा लिटर पानीमा सानो चम्चाले एक चम्चा बिरेनुन को धुलो मिसाउनुहोस् । पानीमा बिरेनुनलाई थिग्रीन दिनुहोस् । अनि मीश्रणको माथील्लोभाग तथा पानीमात्र नाकले तान्नुहोस् ।

यसका बाहेक अन्य प्रयोजनका लागि पनि बिरेनुन प्रयोग गर्न सकिन्छस्

– इलर्जी तथा फंगसका कारण पाइतालाको छालामा समस्या आएको खण्डमा बिरेनुन सहितको पानीमा खुट्टा चोप्लिनुहोस् ।

– घाँटी दुखेकोमा बिरेनुन सहितको पानीले कुलकुल गर्नुहोस् । तर पानी चाँही ननिल्नुहो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger