Latest Updates :

दाई विदेशमा पसिना बगाउने भाई भाउजु भगाउने !

SHARE THIS POST :
काठमाडौं, बैशाख २५
चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ ।
सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु काठमाडौं लागेपछि उनको आफ्नी श्रीमती भने बिचल्लीमा परेकी छिन् ।
श्रीमान खोज्दै काठमाडौं आएकी दानबहादुरको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बहु–विवाहको उजुरी दिएकी छिन् । दुई छोराहरु समेत रहेका भाउजुलाई लिएर काठमाडौंतिरै बस्न थालेका दानबहादुर लाई उनको श्रीमतीको उजुरीका आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
‘दानबहादुर र उनको भाउजुलाई पक्राउ गरेर बहु–विवाहको मुद्धा चलाएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धीविक्रम शाहले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’ एकबर्षअघि विवाह गरेका दानबहादुर दाई विदेशिएपछि भाउजुसँग लसपसिएका थिए । अहिले रिता र दानबहादुर दुवै प्रहरी हिरासतमा छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger