कारण हो, परिवारको लालनपालनको जिम्मा लिएर विदेशिएको छोरो जीवन । नवलपरासीको मदननगरका थानेश्वर भुसाल ४ वर्षदेखि साउदी अरवको जेलमा बन्दी जीवन विताइरहेका छन् ।
साउदीमा थानेश्वरले चलाएको गाडीले सडक दुर्घटनामा दुई जानको ज्यान गएपछि उनी जेल परेका थिए । अब ४५ लाख रुपैयाँ ‘ब्लडमनी’ दिन सके उनी छुट्छन्, नभए उनी जेलमै रहनेछन् ।
भुसाल परदेशको कालकोठरीमा जति पीडा भोग्दैछन्, त्योभन्दा ठूलो पीडा यो वृद्धहरु मात्रै रहेको परिवारलाई परेको छ ।
यो परिवारलाई विहान-बेलुकाको छाक टार्न नै समस्या छ । छोरालाई विदेश पठाउने बेला झुपडीका जसोतसो गुजारा गरिरहेको उनीहरुलाई आश थियो, छोराले कमाउँला र सुखको सास फेर्न पाइएला ।
तर, छोरा जेल परेपछि पैसा आउन छाडेको छ नै, छोरालाई बचाउने हो भने ४५ लाख रुपैयाँ जम्मा गर्नु पर्ने भएको छ । कहाँबाट जुटाउने यति ठूलो रकम ? यही पिरले आमा यमकलालाई पोलिरहन्छ ।
उनकै भरमा परिवार चलेको छ । छोरा पीरले ज्यान आधा बनाएकी उनी पनि कति दिन यसैगरी घोटिन सक्लिन र ?
थानेश्वरकी हजुरआमाले सय वर्ष काटिसकिन् । उनका बुवा पनि रोगले थलिएका छन् । कमाउन गएको छोरो विदशेको जेल छ । नातिको अनुहार हेरेर मात्रै आफ्नो प्राण जाओस् भन्ने इच्छा छ, हजुरआमाको ।
थानेश्वरकी आमा-बालाई पनि बढ्यौली र रागेले गाँजिसक्यो । छोराको कमाइ खाने बेलामा उनीहरु आफैं यति पीडित छन् कि छोरालाई फर्काएर नेपाल ल्याउनेबाहेक यो परिवारको अर्को कुनै सपना नै छैन ।
छोरालाई जेलबाट छुटाउन पहल गर्न थानेश्वरकी आमा यमकलाम अहिले काठमाडौं आइपुगेकी छन् । ‘२ वर्षसम्म म्यानपावरले तपाईंको छोरा छुटाइदिन्छु भन्दै झुलायो । सम्झौताको म्याद सकिएपछि भएका कागजपत्र पनि जलाइँदिए भन्यो’ यमकलाले पीडा पोख्दै भनिन्, ‘कति रुँदा कराउँदा पनि सरकारले पनि पहल गरेन । छोरो उतै रहला भन्ने पीरले राम्रोसँग निदाउन सकेको छैन ।’
यमलालको पारिवारिक र अार्थिक अवस्था के छ ? भिडियोमा हेर्नुस्
कसरी जेल परे थानेश्वर ?
युवा अवस्थामा नै विदेशिएका थानेश्वरले अहिले ३६ वर्षका भए । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्कियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनको ज्यान गयो ।
साउदीको अदालतले यो घटनामा थानेश्वरलाई प्रतिशत दोषी ठहर गर्यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नममा आदेश दियो ।
दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वर उपचारपछि फेरि गाडी चलाउन सुरु गरेका थिए । तर, त्यही बेला अदालतले दोषी ठहर गरेपछि जेल परे ।
श्रीमतीले घर छाडिन्, बाबु अशक्त भए
छोरा छुटाउन हारगुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडिन् र अर्को बिहे गरिन् । थानेश्वरका बुवा पनि काम गर्न सक्दैनन् । काम गर्ने क्रममा रुखको हाँगोले टाउकोमा लागेर उनी अशक्त जस्तै भएका छन् ।
अहिले यमकला एक्लैले घरको सबै ब्यवहार हेर्छिन् । उनी जति पीडा जति बोकेर भएपनि छोरालाई नेपाल फिर्ता ल्याउन कस्सिएकी छिन् ।
तर, उनी जब आफ्नो परिवारको अवस्था र तिर्नुपर्ने पैसाका दाँज्छिन्, उनलाई छोरा फर्काउन सकिएका भन्ने लाग्दै-लाग्दैन । ‘यो बुढेसकालमा कहाँबाट ल्याउनु ४५ लाख ?’ यमकलाका आँखा भरिन्छन् ।
शुक्रबार प्रवासी नेपाली समन्वय समितिको कार्याक्रममा भेटिएकी उनले भन्छिन्, ‘चुहिएको छानो टाल्न सकेको छैन । बाछिट्टा पानीले भत्किाएको कत्तर फेर्न सकेको छैन । त्यतिका पैसा म बुढीले कहाँबाट ल्याउँ ?’
श्रोत: अनलाईन खबर

Post a Comment