Latest Updates :

मलेसिया भ्रमण गएकी माता सबिता आचार्यले त्यहाँका नेपालीहरुलाई यसरी गरिन गाली गलौज, परदेशीहरुले पनि दिए मुख भरिको जवाफ !

SHARE THIS POST :
प्रकाशित मिति: May 7, 2017
[म मलेशिया मा छु अहीले घुम्न आएको हु खुशी लागेको छ ऑफन्त हरु सग भेट्न पाऊदा तर यहा काम गर्न आएका नेपाली हरु धेरै मात्रामा बिग्रेको देखे र छाडापनका केटाहरु,बोल्ने सहुमत नभएका हरु पनी भेटे दुख लाग्यो यो कस्तो दुनिया होला जहापनी नेपाली हरु मात्र खराब हुनुपर्ने है बुवा आमाको कोखबाट त राम्रो सग जन्मेका होलान तर यस्ता अशिक्षित केटाहरु लाई बिदेश पठाऊन नपाईने भए हुने थियो किनकी घरमा श्रीमती राखेर यहा अर्कै सग बुढी बनाएर राख्दा रहेछन,ऊमेरले बिस वर्ष नपुगेका होलान तर श्रीमती बनाएर बिकृती फैलाऊनेहरु भेटे यहा धेरै चै फोनमा छाडा कुरा र फोहोरी कुरा बोलेर टाईम पास गर्दा रहेछन ऊफ खाडी मुलुकको खराब नेपाली केटा र केटीहरु को पन गजब रहेछ यहाको चलन त]

यी अभिव्यक्ति भित्र केही सत्यता भने जरुर छ, तर यस् सत्यता भित्र मान्छेको स्वतन्त्र रुपले बाच्न र रम्न पाउने अधिकारको हनन भएको महशुस हुन्छ। त्यति मात्रै नभई मलेसियाबाट नेपाल भित्रीने कुल रेमिट्यान्स को २५% हिस्साको भागिदार बनेका नेपाली कामदारहरुको चरीत्र माथी प्रश्न चिन्ह खडा गरेको छ। समग्रमा भन्नू पर्दा नेपाली श्रमिकहरु को अपमान भएको आभास हुन्छ।भविष्यवाणी गरेर चर्चामा आएकी माता सबिताको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि मलेसियामा कार्यरत केही कामदारहरुको प्रतिक्रिया समेट्ने जमर्को गरेका छौँ । मिश्रित प्रतिक्रिया जस्ताको तस्तै :-

किन सबैको आँखाले नराम्रो मात्रै देख्छन् ? राम्रो कुराहरू पनि हेर्ने बानी बसाल्नुस ! हामी पनि मलेसिया मै बस्छौ एक पल्ट हामी सङपनी भेट गर्नुस न अनि थाहा हुन्छ ! एउटा नेपाली बिग्रेको देख्दैमा सबैलाइ बिग्रेको भन्नचाइ पाईदैन बुझ्नु भो माता ?

देबेन्द्र गाउले
मलेसिया

सबैभन्दा पहिला नमस्कार दण्डवत माते! हजुरको जुन शक्ति छ लगभग संसार भरी छरिएर बस्नु भएका नेपाली दाजुभाइ हरुलाई थाहा छ। हुन त राम्रो काम राम्रो उपदेश दिने ब्यक्ति लाई हाम्रो समाजले त्यति राम्रोसँग पचाउन सकिरहेको छैन् हजुरलाई पनि कतिले यो अनपढ् अाईमाई हचुवा का भरमा बोल्छे भन्दै गरेको सुन्नमा अाउछ। यो सुन्दा हामीलाई साह्रै दुख लाग्छ। हाम्रो देश नेपाल सतिको सराप परेको देश हो यहाँ कहिलै राम्रो को कदर हुदैन। त्यसैको प्रभाव ले होला यहाँ हजुरले देख्नु भएको नेपालीको छाडापन। तर तपाईं ले सोचे र भने जस्तो धेरै मात्रामा नेपाली हरु बिग्रेका भने छैनन् है।अन्तयमा हजुरले जे देख्नु हुन्छ त्यो बताई दिनु होला गरिव दुखि असाय हरुले पनि हजुरबाट सेवा पाउन यो होइन कि पहुँच वालाहरु को मात्रै माते नबन्दिनु होला सम्पुर्ण नेपाली जनाताकि माते भएर बस्नु होला र राजनीति मा भुलेर पनि नफस्नु होला जय माते!!

डिल्लीराम अाचार्य
क्वालालम्पुर, मलेसिया

एक दिन घुम्न अाउने लाई के थाहा हुन्छ र बिग्रेको छ भन्ने ! यहाँको परिस्थिति कस्तो छ भनेर भोग्नुपरेकाहरु लाई मात्रै थाहा छ!देखेर
हेरेर मात्रै गरेको कुरा गलत पनि हुन सक्छ! एक दिन देखेको ले उसको दिन सधैं यसरी नै बित्छ भन्ने हुदैन।

पुस्कल देवान
मलेसिया

अामा काे काेखबाट जन्मे पछि उमेर पुग्दै जान्छ त्यसपछि याैवन अबस्थामा पुग्छ भन्ने माता लाइ पनि थाहा होला किन मलेसिया काे बारेमा नेपाली हरु नराम्रा हुन्छन भन्नू ? कि जानू युराेप तिर माताका पनि मलेशिया तिरै ब्वाइ फ्रेन्ड थियाे कि क्या हो ? त्यहि भएर मलेसिया आएको दुई दिन मै सबै कुरा थाहा पाएछ ।अशिक्षित हाेइना मलेशिया अाएर शिक्षित भएर चाहिँ गएका छन खाेइ म तीन बर्षकाे मलेशिया बसाइमा त्यस्ताे नराम्राे केहि देखेकाे छुइना धेरै मात्रामा श्रिमान श्रीमती दुबै एउटै कम्पनिमा काम गरिरहेका छन हाेलान कतै कतै एक दुई जना बिग्रेका पनि छन तर मलेशिया का सबै नेपालीहरु बिग्रेका भन्नू चाहिँ गलत हो ।अरु केही हाेइना मिडियामा सस्तो लोकप्रियता को लागि माता ले यस्ताे अभिब्यक्ति दिएकि हुन।

मनिष धिमाल
सेन्नाइ,जोहोर बारु मलेसिया

माता ले आफुले जे देख्नु भो धेरै कुरा सहि पनि हो। मलेसिया मा अधिकाश युवाहरू अर्ध शिक्षित नै आएका छन। कुलत मा लागेका, बोल्ने सोमत नभएका, गाली गलौज आमा चकारी नलगाइ बोल्न नजान्नेहरू ठुलै जमात मा भेटिन्छन । यो रोग नेपाल देखि कै हो र यहाँ आएर झन मौलाएको कुरा मा म पनि असहमत छैन। तर कतिपय युवाहरू शिष्ट, अनुशासित र कुलत मा नफसेका हुदाहुदै पनि यस्ता युवाहरू को जमात कै कारण राम्रा छवि भएका युवाहरू ओझेल मा परेका छन । घर देखि स्कुल सम्म, म्यानपावर देखि एयरपोर्ट सम्म स्वदेश मै र होस्टेल मा लिडर द्वारा शिष्टाचार अभियान चलाउन पर्ने अहिले को टड्कारो आवश्यक मैले पनि महशुस गरेको छु |

राजु क्षेत्री अपुरो
वेस्ट पोर्ट,पोर्ट केलाङ  मलेसिया

म धेरै नेपालीहरु को जमघट हुने ठाँउ मलेसियाको क्वालालम्पुरमा कार्यरत छु। म आएको करिब ४ बर्ष पूरा हुन लाग्यो।अहिलेसम्म मैले धेरै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सँग संगत गरेको छु। र पनि मैले त्यस्तो खासै खराव ब्याक्तीहरु भेटेको छैन भने कसरी मलेसिया आएको दुई दिन भित्रै माता ले अधिकांश नेपालीहरु खराव भन्नू दिनु भो। मलेसिया को बाताबरण र परिवेश नबुझी दिएको यस्तो अभिव्यक्ति ले नेपाली को मात्रै अपमान होईन देश कै बेइज्जत हुन्छ। आइन्दा देखि बोल्दा र लेख्दा सामाजिक मान मर्यादालाई पनि ख्याल् गरेस।

सुदिप लिम्बू
क्वालालम्पुर, मलेसिया

विश्वको अग्लो सगरमाथाको शिर पहिरिएको गौरवशाली देश नेपालको नागरिकहरु आज संसारको विभिन्न ठाउँमा छरिएर देशलाई सुनसान त बनाकै छन साथै विदेश बाट आफ्नो रहन सहनको राम्रो खबर सम्म पनि कसैले दिइरहेका छैनन् । खाडीका धेरै मुलुकहरु मध्ये मलेसिया एक स्वतन्त्र र खुल्ला देश भको हुनाले यहाँ प्रायजसो मान्छेहरु कुलतमै फसिरहेको देखिन्छ । होलान कोहि घर व्यावहारलाई आत्मासाथ गरेर बस्नेहरु तर यो कोटिमा कमै मात्र पर्छन ।

कुनै पनी देशम काम गर्न जाउ तर नेपाली नेपाली बिच नै रिलेशन मा बस्न जान्नु पर्दछ । विदेश पुगे भन्दैमा विदेशकै सबै कुरा लागु गर्नु नै नेपालीहरुको लागी दुर्भाग्य भएको महसुस हुन्छ । म पनि रिलेशनसिप मा यो मलेसिया बस्न थालेको करिब ५ वर्ष जति भयो तर मेरो लागी मलेसिया कुनै नर्क जस्तो लाग्दैन किन कि यो महसुसको कुरा त व्याक्तीमा भर पर्ने हो म सधै नेपाली भएर यो विरानो देशमा पाहुना भएर बस्दैछु त्यै भएर होला मलाई यहाँका सबैले एक प्रवासीलाई दिइनुपर्ने सम्मान दिने गरेको पाउछु । आफु राम्रो जगतै राम्रो , आफु खराव दुनियाँ पुरै दुष्ट,त्यसैले माता ले मलेसियामा कार्यरत नेपालीलाई जस्तो सोच्नु भयो त्यो असल चरीत्र भएका नेपालीका लागि निन्दनीय छ।

एल्भिन खजुम
बुकित बिन्ताङ सेलेङ्गर, मलेसिया

– हाम्रोदमकबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger