Latest Updates :

देश कै धनि व्यक्ति शेष घले र विनोद चौधरी भूकम्पपीडितका नाममा देखिए गफाडी, घोषणा गरिएका १/१ हजार घर खोई त ? धुर्मुस सुन्तली निस्किए सही समाजसेवी

SHARE THIS POST :
प्रकाशित मिति: May 8, 2017
काठमाण्डौ । महाभूकम्प गएको मुलुकका कारण मूलूकले मानबीय तथा भौतिक क्षती ब्याहोरेको दुईबर्ष भएको छ । ०७२ साल बैसाख १२ गते गोरखाको वारापाक केन्द्रबिन्दु भएर गएको माहाभूकम्पका कारण देशभर क्षती पुर्याएको थियो । बिभिन्न ब्यक्ती तथा संस्थाहरुले भूकम्पपीडितका नाममा अरबौंको काम गर्ने भनेपनि उनीहरुले प्रभाबकारी काम गर्न सकेका छैनन् । पीडीतहरुको अवस्था ज्यूंका त्यू छ ।

भूकम्प गएका बेला देशभर रुवाबासी चलेको थियो । रुवाबासीलाई मल्हम लगाउन देश बिदेशबाट बिभिन्न ब्यापारीक घराना, समाजसेवी संघसंस्था, एनआरएन, उद्योगपतिहरु लगायतले सहयोग गर्ने बचन दिए । बिश्वका अरबपतिहरुको नाम सार्बजनिक गरेर प्रशिद्धभएको अंग्रेजी फोब्र्स पत्रिकामा नाम लेखाउन सफल नेपालका एकमात्र अरबपति उद्योगपति बिनोद चौधरीले भूकम्पपीडितका नाममा १००० (एक हजार) घर निर्माण गरिदिने गरि मीडीयामा प्रचार गरे । अर्का लमजुगंमा जन्मिएर अष्ट्रेलीयाको सिड्नीमा शिक्षा क्षेत्रमा संलग्न भएका अष्ट्रेलीयाका धनी मानिने एनआरएनका अध्यक्ष शेष घलेले गोरखाको वारपाकमा १००० ( एक हजार ) घर निर्माण गरिदिने बचन दिए ।


यसका साथसाथै सरकारले भूकम्पपीडितका लागी राहत संकलन, प्रदान गर्न बनाएको भूकम्प पुनःनिर्माण प्राधिकरणमा बिभिन्न एनजीओ आईएनजीओहरुले ७ अर्ब( ७,००,००,००,०००) भन्दा बढी रकम सहयोग गर्ने बचन दिएको उक्त समयमा बताईएको थिायो ।
०७२ सालमा नै बैसाख २९ गते अर्को भूकम्प गयो, उक्त भूकम्पले १२ गतेको भन्दा कम क्षती गरेपनि झन पीडितहरुलाई पींडा थपेको थियो । यस्तो मुलुकभरिका भूकम्पपीडितहरुलाई सकस परेकाबेला भूकम्प पुनःनिर्माण प्राधीकरण, नेपाल सरकार सानातिना राजनीतिक उपलब्धीका खिचातानीमा लागेर मानवीय समबेदनालाई बिर्सिरहेको छ ।
पहिलो किस्ताका रुपमा उपलब्ध गराउनुपर्ने अनुदान सम्म सबै पीडितले नपाएको समाचार आईरहेको हुंदा पनि कानमा तेल हालेर बसिरहेका छन् । अझ भूकम्पपीडितका नाममा आएको रकमबाट सरकारका सचिब र मन्त्रीहरुले महंगो गाडी किनेर चढेका, एनआरएनबाट उठाएको रकम दुरुपयोग गरेका दुंखद समाचारहरु आईरहेका छन् । भूकम्प पीडितका नाममा उठाएको रकम दुरुपयोग भएको समाचार सुन्दा पनि जिरिगं हुन्छ, कसरी उनीहरुले अपचलन गरे होलान्, प्रश्नचिन्ह खडा हुन्छ । भूकम्पपुनःनिर्माण प्राधिकरणको सकृयतामा कमी भएका कारण, उक्त प्राधिकरणको फितलो योजनाका कारण ०७४ सालको बर्षा याममा त्रिपालमा बस्न बाध्य भूकम्पपीडित दाजुभाई तथा दिदीबहिनीहरुले सकस भोग्नुपर्ने निश्चित छ । सरकार बैसाख ३१ गते पहिलो चरणको स्थानीय तहको र जेठ ३१ ग्ते दास्रो चरणको निर्बाचन गर्ने राजनीतिक तयारीमा जुटेको छ ।

तर भूकम्पपीडितहरुलाई स्थानीय तहको निर्बाचन भन्दा बर्षायामसंगै हुने लाग्ने उठीबासको बारेमा सोच्न बाध्य छन् । पीडितहरु जुन पार्टी आएपनि समस्याको समाधान भए हुन्थ्यो भन्ने सोचमा छन् । सिन्धुपाल्चोकका एक पीडितले सुर्यखबरलाई दुःख सुनाए ।अब आयो कुरा एक हजार घर निर्माणमा लाग्ने भन्ने शेष घले कता गए, उद्योगपति बिनोद चौधरी कता गए ? बरु एउटा साधारण कलाकारीता गर्ने धुर्मुस र सुन्तली जोडीले पहिले घोषणा नगरेपनि बिभिन्न ब्यक्ती तथा संस्थाहरुसंग सहयोग जुटाएर झण्डै ३ दर्जन घरहरु निर्माण गरेर ०७४ बैसाख १ गते भूकम्पपीडितहरुलाई हस्तान्तरण गरेर सह्रानीय काम गरे । तर शेष घले आफ्नो ब्यापार बढाउन ब्यस्त छन्, उनी भूकम्पपीडितका दूत बनेपनि आफ्नो ब्यापार बढाउनमात्र दूतको पदलाई प्रयोग गर्न तल्लीन छन् । समाजसेवा गर्ने हो भने नेपालीहरुले चाँडै नै गफाडीको रुपमा चिन्ने शेष घलेले धुर्मुस र सुन्तली जोडीबाट पाठ सिक्न जरुरी छ ।

उद्योगपति बिनोद चौधरीलेले धुर्मुस र सुन्तलीबाट प्रेरणा लिन जरुरी छ, अन्य सहयोग गर्छु भन्ने हातहरु फैलाउन उद्यत हातहरुले ईमान्दारीसाथ भूकम्पपीडितसंग हातमा हात मिलाउन जरीरी छ । नत्र कुनै दिन आउन सक्छ, शेष घले वा चौधरीहरुको पीडितलाई दिएको गफलाई नेपाली जनताले नपचाएर, तिरस्कार गरेको दिन, सामाजिक सञ्जालमा उनीहरुको ब्यापक बिरोध गरेको दिन, उनीहरुलाई बाटोमा मुख देखाउन गाह्रो भएको दिन । त्यसमा यहाँहरुको ध्यान जाओस । सुर्य खबर डटकमबाट साभार

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger