नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले गुणस्तरीय एलइडी बल्ब १५० रुपैयाँमा ल्याउन व्यापारीलाई चुनौती दिएका छन् ।
विद्युत प्राधिकरणले भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग किन्न लागेको बल्बबारे प्रश्न उठेपछि घिसिङले सोमबार पत्रकार सम्मेलन गरे । आफूले चिलिमेदेखि नै इमान्दारितापूर्वक काम गरेको तर, अहिले चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले गहभरी आँसु पारेका थिए ।
साथै आफूहरुले ६५ भारुमा किनेर सरकारको कर तिरेर १३५ देखि १४० रुपैयाँमा जनतालाई दिन लागिएको उनले बताए । विद्युत प्राधिकरण प्रमुख घिसिङले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’
आफूहरुको सम्झौतामा मन्त्रिपरिषदबाट पास हुनुपर्छ भन्ने भएकाले प्रस्ताव लगेको उनले बताए ।
यदि नेपालले नै टेण्डर आहृवान गरेको भए गुणस्तर दिन नसक्ने उनले बताए । उनले भने, ‘टेण्डर आहृवान गरेर फिलिप्स र ओसन ब्राण्ड लिन सकिँदैनथ्यो ।’
घिसिङले पत्रकार सम्मेलनमा भारतीय सरकारी कम्पनि र नेपाल सरकारबीच भएको सम्झौता पत्र तथा एलइडी बल्बलाई पर्ने मूल्य अंकित बिलसमेत सार्बजनिक गरेका थिए ।
उनले कतैबाट अारोप प्रमाणित भए देश छोड्न अाफ् तयार रहेको भन्दै चुनाैती पनि दिए।
भिडियो हेर्नुस
Post a Comment